
यो फिल्मले एक हाप्तामा राजधानीको १९ वटा पर्दाबाट ६१ लाखको ग्रस ब्यापार गरेको रिपोर्ट प्राप्त भएको छ ।

फिल्म एकआपसमा जुधेर निर्माताहरूको बेहाल भईरहेको अवस्थामा निर्माताद्धय मोहनकृष्ण र गजेन्द्र रञ्जितले 'कहिं नभएको जात्रा हाँडी गाउँमा' भने झैं आफ्नै फिल्म एउटै मितीमा जुधाउने भएका छन् ।

हुन त रेखा थापाले दुई बर्ष अघिनै यो फन्डा मचाईसकेकी थिईन् तर गत बर्षको भाईटिका र रक्षा बन्धनमा भने उनले सो निरन्तरतालाई अगाडी बढाउन सकिनन् । फेरी एक बर्षे ग्याप पश्चात रेखाले काठमाण्डू उपत्यकाका वाईसिएल ईन्चार्ज चन्द्र बहादुर थापा उर्फ सागरलाई आफ्नो हातले राखि बाँधिदिईन् ।

प्रेम कथामा आधारित रहेर निर्माण गरिएको केकी अधिकारी र बिम्लेश अधिकारी अभिनित फिल्म 'मुटु' को पोस्टर सार्वजनिक गरिएको छ ।

महिला समलिंगीको कथामा सुनगाभा फिल्म बनिसकेको छ र प्रदर्शनको लागि पनि तयारी अवस्थामा छ । अहिले फेरि पुरूष समलिंगीको कथामा फिल्म बनेको छ र सो फिल्मको फस्टलुक प्रोमो फिल्मीखबरबाट अफिसियल रूपमा सार्वजनिक गरिएको छ ।

समय बदलिरहेको छ अनि संस्कारमा पनि परिवर्तन आईरहेको छ । कुनै समय थियो धोती नलगाई भान्छा गर्नुलाई महाँ पाप भनिन्थयो । अझ जनै नलगाउने त नेपाली समाजबाटै तिरस्कृत समेत हुनु पथ्र्यो । तर अब समयले कोल्टे फेरेको छ भने संस्कृति पनि समय अनुरुप परवर्तन हुन थालेको छ ।

