बालकृष्ण समको पहिलो एकाङ्की नाटकमा आधारित फिल्म 'बोक्सी' को च्यारिटी शो आगामी कार्तिक २ गते नेपालगञ्जको वागेश्वरी चलचित्र भवनमा गरिने भएको छ । समाजमा रहेको अन्धबिश्वास बोक्सी प्रथालाई अन्त्य गर्न फिल्मी क्षेत्रवाट गरिएको पहिलो प्रयास साथै वाल मनोविज्ञान डर भ्रमलाई अन्त्य गर्न निर्माण गरिएको फिल्म बोक्सीलाई शक्तिवल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।
किन लाग्छ माया जस्तो सफल फिल्म दर्शकलाई केही समय अघि मात्र दिएका निर्माता घोरासैनीले 'बोक्सी' को च्यारिटी शो गर्नुको मुख्य उद्देश्य नै मोफसलमा रहेर पनि नेपाली फिल्मको प्रमोशनमा ठुलो भुमिका खेल्दै आएको बाँके चलचित्र पत्रकार संघलाई आर्थिक रुपमा सहयोग गर्नु रहेको जानकारी गराए । 'बोक्सी' कुनै काल्पनिक कथा नभएर नेपालका विभिन्न स्थानमा बोक्सीको आरोपमा हत्या समाजबाट निकाला हुने साथै घरपरिवारबाट अपहेलित हुने जस्ता समाजमा घटेको यथार्थ कथामा आधारित रहेको घोरासैनीले वताए ।
पपुलर मल्टिमिडियाको व्यानरमा निर्मित फिल्म बोक्सीलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् भने फिल्ममा विकाश गुरुङको संगित, अविनाश श्रेष्ठको कथा रहेको छ । चलचित्र विकाश बोर्डबाट २०६६ सालमा विशेष फिल्म घोषणा गरिएको बोक्सीमा शंकर लामिछाने, शुभेच्छा थापा, शक्तिवल्लभ घोरासैनी र बालकलाकारमा राज आचार्यको मुख्य भुमिका रहेको छ ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
नेपालगञ्जमा बोक्सी देखाईने
विष्णु शाही, नेपालगञ्ज, 2012/09/24
- उपासना र कुन्दनलाई लिएर फिल्म ‘भिडियोटेप’ बन्ने
- सौगातपछि ‘साम्राज्य’मा भित्रिए दयाहाङ
- ‘म मदनकृष्ण’मा हरिवंशकी श्रीमतीको भूमिकामा देखिँदै वर्षा
- २५ वर्षपछि ‘गुराँस फुल्दा’ गीतले पायो पुनर्जन्म
- अशोक दर्जीको स्वरमा ‘पार्वती’को ‘मेरी दिदी’ गीत सार्वजनिक
- केकी र आँचलको झगडाले ‘झिँगेदाउ २’को टिजर भाइरल
- ‘गौँथली’को कमाइ साढे १९ करोड नाघ्यो, बन्यो सर्वाधिक कमाउने चौथो फिल्म
- ‘अक्षरा’को टिजरमा महिला हिंसाको कथा
- ‘गौँथली’का कारण ‘कबड्डी ४’ र ‘१२ गाउँ’को रेकर्ड खतरामा
- तयार भइसकेको ‘मास्टर्नी’ पुनः ८ दिन किन खिचियो ?
Most Visited News (monthly)

