
गत बर्षको हिट फिल्म 'चपली हाईट' की नायिका बिनिता बरालले कतारमा रहेका नेपालीहरू माझ धमाका मच्चाउने भएकी छिन् । मुस्लिम धर्मावलम्वीहरुको पवित्र महिना रमादान र इदको अवसर परेर कतारमा आयोजन गर्न लागिएको 'इद धमाका २०१२' मा सहभागी हुन शुक्रबार बिनिता कतार आईपुग्नेछिन् ।

असोज १२ गते देशभर एकसाथ रिलिजको तयारी गरेको फिल्म भिसा गर्ल युनिटले बुधबार पत्रकार भेटघाटको आयोजना गरि फिल्मको दुई गीत र एउटा प्रोमो सार्वजनिक गर्यो ।

झण्डै डेढ दशको विश्राम पछि निर्देशक राजेन्द्र शलभ फिल्म निर्देशनमा कमब्याक हुदैछन् । समकालिन एक मित्र जो थिएटर कलाकार हुन् उनको लगानीमा शलभले नयाँ फिल्म निर्देशन प्रक्रियालाई अगाडी बढाएका हुन् ।

स्वामी रविन्द्र भारतीको निर्देशन तथा शिव गिरीको निर्माण रहेको फिल्म फोर्स फिल्महरुको भीडमा आगामी भाद्र ८ गतेदेखि अल नेपाल रिलिज हुदैछ ।

पूर्ण हाँस्यप्रधान भनिएको फिल्म 'नमस्ते' लामो समयको कुराई पश्चात प्रदर्शनको पालो पाउने भएको छ । बिजय विक्रम बस्नेत निर्देशित यो फिल्म भाद्र १५ गते रिलिज हुनेछ ।

महानायक राजेश हमाललाई केही बर्ष यता म्युजिक भिडियो क्रेजले छोएको । तीन सय वटा फिल्म खेलिसकेका हमालले पछिल्लो तीन बर्षको परियडमा तीन वटा म्युजिक भिडियो पनि खेले जस मध्ये सवै भन्दा चर्चित म्युजिक भिडियो बन्यो भुषण दाहाल निर्देशित 'कुन माया सदर भो...' ।

