
भाद्र १ अर्थात यहि शुक्रबारबाट देशभर रिलिज हुन लागेको फिल्म हेल्लो प्रकृतिको प्रमोसनको लागि फिल्मका निर्देशक सुनिल पाण्डे पुर्व आएका छन् । केहि दिन अगाडी पश्चिम पुगेर फिल्मको प्रचारप्रसार गरेका पाण्डे रिलिजको पुर्व सन्ध्यामा पुर्व आएका हुन् ।

अभिनेता अनुप बरालले गत बर्षको बल्कबष्टर फिल्म लुट पछिको अर्को श्रृङखला भनी सुनगाभालाई संज्ञा दिएका छन् । आईतबार काठमाण्डूमा आयोजित प्रेस मिटमा अतिथिको रुपमा निम्ताईएका बरालले फिल्म हेरिसकेपछिको आफ्नो अनुभूति सुनाउदै सुनगाभालाई लुट स्तरको संज्ञा दिएका हुन् ।

थुप्रै हिट फिल्म दिईसकेका शिब रेग्मीले निर्देशन गरेको फिल्म 'सो सिम्पल' मा रहेका चार वटा अडियो गीतलाई फिल्मीखबरले सार्वजनिक गरेको छ ।

केहि संवादहरूमा सेन्सर लागेको फिल्म बिन्दासले 'एडल्ट सर्टिफिकेट' पाएको छ । छायाँकन पूर्व नै चर्चमा आएको सो फिल्मका दृश्यमा अबरोध नपुर्याई सेन्सर बोर्डले केहि संवादमा 'बिप' हाल्न लगाएर 'ए' सर्टिफिकेट निर्माण युनिटलाई थमाएको हो ।

नेपाली फिल्म क्षेत्रमा महिला क्याप्टेन अर्थात निर्देशकको संख्या न्यून छ । सुचित्रा श्रेष्ठले पहिलो पटक 'प्रेमयुद्ध' फिल्म निर्देशन गरेर नेपाली फिल्मको इतिहासमा नाम राखिन् । त्यसपश्चात रक्षा सिंहले 'द गेम फिल्म' बाट महिला निर्देशकको लिस्टमा आफ्नो नाम दर्ता गराईन् । अहिले फेरि एउटी महिला 'अन्तराल' नामक फिल्मबाट निर्देशक बन्दैछिन् ।

फिल्मी बजारमा लंकाले आगो बाल्छ या बाल्दैन यो रिलिज डेटलाई नै कुर्नु पर्नेछ तर यो गीतले भने दर्शकको ध्यान तान्ने दाबी निर्देशक श्याम भट्टराईको छ ।

