
अहिले सामाजिक संजाल फेसबुकमा नेपाली फिल्म फेसबुकको 'कपिराईट' को बारेमा निकै बहस हुन थालेको छ । कतिले यो नाम अबैधानिक भनेका छन् भने कतिले नेपाल सरकारले मान्यता दिएकाले केहि नहुने बताएका छन् त कतिले नेपाल जस्तो मुलुकमा 'कपिराईट' ले कुनै अर्थ नराख्ने समेत बताएका छन् । जस्ले जे बताए पनि फिल्म निर्माण युनिटले भने भाद्र २२ गते यो फिल्मलाई नेपालभर एकसाथ रिलिज गर्दैछ ।

'भदौ महिनाबाट मलमास लाग्ने भएकाले सो समयमा कुनै पनि काम सुरु गर्न धार्मिक दृष्टीकोणले राम्रो नहुने भएकाले आज शुभमुर्हत गरिएको हो', कमलादि स्थित गणेश मन्दिर परिसरमा आचार्यले भने ।

फिल्म तथा रंग क्षेत्रका समाचार सम्प्रेषण गर्दै आएका पोखराका पत्रकारहरु संगठित भएका छन् । रंग विधा अर्न्तगत पर्ने विभिन्न विषयवस्तुमाथी अझ शसक्त रुपमा कलम चलाउन र ती विषयवस्तुमाथी छलफल गर्न उनीहरु संगठित भएका हुन् ।

२३ दिन सिंगापुरमा र १५ दिन नेपालमा सुटिङ गरि सुरज सुब्बा निर्देशित फिल्म 'प्रमिश' को आज मंगलबार इन्डक्ल्याप गरिएको छ । डाईलग सहितको सिन सोमबार सकिए पनि प्याचअपका केही दृश्य बाँकी उक्त फिल्मको आज कमलादी स्थित सडक परिसरबाट ईन्डक्लयाप गरिएको हो ।

फिल्मको कथा लेखनमा लामो समय बिताएका ब्रजेश खनाल अब निर्देशन बन्ने भएका छन् । हाल प्रि-प्रोडक्क्सनमा रहेको सो फिल्मको नाम सम्भवत 'एक तीन सात शून्य' राखिनेछ ।

'सुन्तली माई..' बोलको सार्वजनिक गीतमा अभिनय गर्ने सुन्तलीहरूको झट्कालाई दर्शकले कत्तिको रूचाउँछन् हेर्न बाँकी छ ।

