
कहाँ भेटिएला हिट जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का मिलेर एकसाथ दुई फिल्म निर्माण गर्ने भएका छन् । हाल स्क्रिप्टको कार्य भईरहेको उक्त प्रोजेक्टको घोषणा औपचारिक रुपमा केही समय पछि गर्ने स्वेताले जानकारी दिएकी छिन् ।

बिजयपथबाट निर्देशनमा डेब्यू गरेका बसन्त निरौलाले आफ्नो दोस्रो फिल्म 'टाईम' मा आफ्नै श्रीमती पवित्रा आचार्यलाई मुख्य भुमिकामा उतार्दैछन् ।

कार्तिक ३ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'सो सिम्पल' को शिर्ष गीत सार्वजनिक गरिएको छ । केशब भट्टराईले निर्माण गरेको सो फिल्मको गीत बुधबार केहि सञ्चारमाध्यमबाट रिलिज गरिएको हो ।

निर्माता संघको प्रतिनिधित्व गर्दै चलचित्र बिकास बोर्डको स्क्रिप्ट अध्ययन समितिको सदस्य रहँदा निर्देशक सुरेश दर्पण पोखरेलले थुप्रै फिल्मको भद्धा स्क्रिप्ट काटिदिए तर उनैले निर्देशन गरेको थ्री लभर्सको सुन्तली माई बोलको गीतमा भने 'लो एङ्गल' ले स्थान पाएको छ जुन बिबादित हुने सम्भावना देखिन्छ ।

भाद्र महिनाको १ गते अर्थात भोली शुक्रबारबाट हेल्लो प्रकृति, तिमी बिनाको जीवन र लभ इज लाईफ प्रदर्शनमा आउँदैछन् ।

फिल्मकर्मीहरूमा अहिले मलमासको डर देखिएको छ । त्यसैले त मलमास शुरू हुनु पूर्व फिल्मकर्मीहरू धमाधम कार्यक्रम गर्न थालेका छन् ।

