Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माई ब्रदर राजधानी बाहिर मात्र लाग्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/10/08

आगामी शुक्रबार अर्थात असोज २६ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्म 'माई ब्रदर' ले राजधानी रिलिज स्थगित गरेको छ । सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि निर्माण युनिटले फिल्म यहि शुक्रबारबाट राजधानी बाहिरका हलमा मात्र लाग्ने जानकारी गरायो ।

 

निर्देशक बिष्णु भट्टराईले राजधानी रिलिज राम्रो मौका छोपेर लगाउने बताए । उनले अहिले माहोल ठिक नभएकाले राजधानी रिलिज स्थगित गरिएको बताए । यस्तै उनले पत्रकार सामु आफ्नो फिल्म बिशुद्ध पारिवारिक प्रेमकथामा आधारित रहेको बताए । लामो समय सञ्चारमाध्यम र अन्य भिडियो सम्बन्धी गरेका अनुभवले फिल्म निर्देशन गरेको बताउँदै उनले राम्रो फिल्म बनाएको दाबी गरे । उनले भने, 'एउटा राम्रो पारिवारिक फिल्म बनाउने प्रयास गरेको छु आशा छ सबैले रूचाईदिनु हुनेछ ।'

 

 

यस्तै यसै फिल्मबाट डेब्यू गरेका नायक लक्की दीपकले धेरै मेहनत गरेर यो क्षेत्रमा केहि गरौ र देखाउँ भनेर आएको बताउँदै फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।  फिल्मका प्रस्तुतकर्ता गोपाल भण्डारीले कथा मन परेकाले लगानी गरेको बताए । उनले पनि फिल्म राम्रो बनेको दाबी गर्दै दर्शकले रूचाउने आश व्यक्त गरे । कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई, प्राबिधिक संघका अध्यक्ष मनोज केसी, द्धन्दकलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ तथा निर्माता रोज राणाले बर्तमान फिल्मको अवस्था खस्कदो बजार र कारणहरूका बारेमा बोल्दै माई ब्रदर युनिटको सफलताको कामना गरे ।

 

 

बिष्णु भट्टराईको लेखन तथा निर्देशन रहेको सो फिल्मलाई अबिरल फिल्मसको व्यानरमा सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेका हुन् । सुमिना घिमिरे र दीपक पाण्डेको मुख्य भुमिका रहेको सो फिल्ममा रमेश बुढाथोकी, विमला गिरी, अन्जु थापाको साथमा बालकलाकार अनिष कंडेलको सशक्त अभिनय हेर्न सकिनेछ । फिल्ममा बिरेन्द्र भट्टको छायाँकन, अष्ट महर्जनको द्धन्द, तारा प्रकाश लिम्बु, बिपिन आचार्य र तिलकको संगीत तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।

 

 

फिल्म माई ब्रदरले राजधानी रिलिज स्थगित गरेपछि सो स्थानमा सिङ्गल रिलिजको मौका छोप्दै रोज राणाको म छु नि तिम्रो रिलिज हुने भएको छ । मदन घिमिरेले निर्देशन गरेको यो फिल्म राजधानी बाहिर भने रिलिज भईसकेको छ । फिल्ममा रोज राणा, सौजन्य सुब्बा र आयुष रिजालको मुख्य भुमिका रहेको छ । मौनता श्रेष्ठको कथा रहेको सो फिल्ममा चेतन सापकोटा र बसन्त सापकोटाको संगीत, एनबी महर्जनको द्वन्द तथा कविराजको नृत्य रहेको छ ।

 

Most Visited News (monthly)