Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एसएसपीले हेरे `बोक्सी` लाई

विष्णु शाही, काठमाण्डौ, 2012/10/19

फिल्म `बोक्सी` को च्यारिटी नेपालगंजको वागेश्वरी चलचित्र भवनमा सम्पन्न भएको  छ । समाजमा रहेको अन्धविस्वास बोक्सी प्रथालाई अन्त्य गर्न फिल्मी क्षेत्रवाट गरिएको पहिलो प्रयास साथै वालमनोविज्ञान तथा डर र भ्रमलाई अन्त्य गर्न निर्माण गरिएको फिल्म बोक्सीलाई शक्तिवल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।

 

बालकृष्ण समको एकाङ्की नाटकमा आधारीत फिल्म 'बोक्सी' को च्यारिटी सो हेर्नका लागी क्षेत्रिय प्रहरी तालिमकेन्द्र नेपालगंजमा प्रमुख एसएसपी योगेश्वर रोमखानी, नेपाल आयल निगम नेपालगंजका क्षेत्रिय प्रमुख तथा गायक सिताराम पोखरेल सहित सञ्चारकर्मी, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायत करिव पाँच सय दर्शक उपस्थित थिए । च्यारिटी हेरीसकेपछी एसएसपी रोमखानीले फिल्मको निकै तारिफ गर्दै निर्माता घोरासैनीलाई धन्यवाद समेत दिएका थिए ।

 

हलमा उपस्थित सम्पुर्ण दर्शकले समाजमा रहेको अन्धविश्वासलाई हटाउन यो फिल्मले ठुलो सहयोग गर्ने भन्दै देशव्यापी रुपमा फिल्म लगाइदिन निर्माता घोरासैनीलाई आग्रह समेत गरे । नेपालका विभिन्न स्थानमा बोक्सीको आरोपमा अकालमा ज्यान गुमाएका र गाउँ समाज र घरपरिवारवाट वहिस्कार हुन वाध्य भएका महिला दिदीबहिनीहरूको पिडालाई प्रस्तुत गर्दै सामाजिक चेतना जगाउन र बाँके चलचित्र पत्रकार संघलाई आर्थिक रुपमा सहयोग गर्न च्यारिटी गरिएको निर्माता घोरासैनीले बताए ।

 

पपुलर मल्टिमिडियाको व्यानरमा निर्मित फिल्म बोक्सीमा विकाश गुरुङको संगित, अविनाश श्रेष्ठ र शक्तिवल्लभ घोरासैनिको कथा, गोपालचन्द्र लामिछानेको निर्देशन रहेको छ । बोक्सीमा शंकर लामिछाने, शुभेच्छा थापा, शक्तिवल्लभ घोरासैनी र वाल कलाकारमा राज आचार्यको मुख्य भुमिका रहेको छ ।

Most Visited News (monthly)