Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्लाहीमा `लंका` को अग्रिम टिकट बुकिङ माग बढ्दो

फिल्मीखबर, काठमाण्डौ, 2012/10/29

नेपाली फिल्म उधोग ओरालो लागिरहेको अवस्थामा मोफसलको हलमा नेपाली फिल्मका लागि अग्रिम टिकट बुकिङको माग बढ्नु पक्कै पनि खुसीको कुरा हो । यहि कार्तिक २४ गते रिलिज हुन लागेको फिल्म 'लंका' को लागि सर्लाहीको लालबन्दी स्थित बिणा चलचित्र मन्दिरमा दर्शकहरूबाट टिकट बुकिङको डिमान्ड आएको हो ।

 

बिगत चार बर्ष देखि सो हलमा म्यानेजरको कार्यभार सम्हाल्दै आएका सुशिल दाहालले फिल्मीखबरसँग कुरा गर्दै भने, 'अहिलेसम्म कुनै फिल्मको टिकट बुकिङका लागि दर्शक आएका थिएनन् तर लंकाको लागि तीज देखि नै दर्शकहरू फिल्म कहिले लाग्छ भन्ने जिज्ञासा राख्दै आएका थिए । तर यो दशैंमा त टिकट बुकिङ गर्न पर्‍यो भन्दै आएका छन् । अचम्म लागिरहेको छ ।'

 

करिब १७ बर्ष देखि सञ्चालनमा आएको सो हलमा टिकट बुकिङको डिमाण्ड पहिलो पटक आएको हल सञ्चालक नरेन्द्र महर्जनले बताए । उनका अनुसार हलमा सबैभन्दा बढि अभिनेत्री रेखा थापाको फिल्म चल्ने गर्दछ । त्यसैले रेखा थापाले अभिनय गरेको लंका पनि राम्रो चल्ने उनको पूर्वानुमान छ । नरेन्द्रले दिएको जानकारी अनुसार रेखा थापाको कस्ले चोर्‍यो मेरो मन सबैभन्दा बढि चलेको फिल्म हो । त्यस्तै रेखाकै हिफाजत, रावणको साथमा नाई नभन्नु ल, कहाँ भेटिएका, मुनामदन जस्ता फिल्म निकै चलेको रेकर्ड छ ।

 

फिल्म त्यसैले हामीले ओभर फ्लो हुने संकेत देखेर दैनिक तीन शो चलाउने निर्णय गरेका छौं', हल म्यानेजर दाहालले भने, 'यसअघि शनिबार मात्र तीन शो चलाउँदै आएका थियौं ।' करिब ४०० सय सिट क्षमताको सो हल हाउसफुल हुँदा निर्मातालाई राम्रै रकम आउने म्यानेजर दाहाल बताउँछन् । यता अग्रिम बुकिङको खबर पाएपछि निर्माता समेत रहेका निर्देशक भट्टराईले आफू निकै खुसी भएको बताए । उनले भने, 'यो मेरो मात्र खुसी नभई सम्पूर्ण फिल्मकर्मी र उधोगकै लागि खुसीको कुरा हो ।'

 

चण्डिका फिल्म्सको व्यानरमा श्याम भट्टराईको साथमा ओम प्रकाश अग्रवाल, मालती शाह र संजय कुटुले संयुक्त लगानी गरेको यो फिल्ममा रेखाको साथमा किशोर खतिवडा, नन्दु श्रीवास्तव, नागेन्द्र रिजाल, ध्रुव कोईराला, ममता प्रधान, अनु गायक, आयुष्मा कार्की, सिताष्मा थापा लगायतले अभिनय गरेका छन् । फिल्ममा मदन कास्यप घिमिरेको छायाँकन, राजेन्द्र खड्गीको द्धन्द तथा शंकर बिसीको करियोग्राफी रहेको छ । कथा चाहिं फिल्मको सल्लाहकार समेत रहेका चर्चित निर्माता छबिराज ओझाको हो ।

 

Most Visited News (monthly)