
दशैंमा रेखा भर्सेस रेखा मात्र हैन रेखा भर्सेस बिराज पनि हुनेछ । आगामी असोज २५ गते फुलपातीका दिन अभिनेत्री रेखा थापा आफैले निर्माण गरेको फिल्म 'काली' मार्फत मात्र हैन भोजपुरी र नेपाली भाषामा तयार गरिएको फिल्म 'दामिनी' मार्फत पनि दर्शकलाई मनोरञ्जन दिन हलका पर्दामा झुल्किने छिन् ।

आगामी संबिधान सभाको चुनावमा तपाई कुन कलाकारलाई मैदानमा देख्न चाहनु हुन्छ ? भन्ने फिल्मीखबर डट कमको भोटिङ पोलमा अभिनेता राजेश हमाललाई बहुमत मिलेको छ । भोटिङ पोलमा राजेपछि अभिनेत्री रेखा थापालाई बढी मत मिलेको छ ।

शुक्रबारबाट प्रदर्शन थालेको चर्को 'मौन' फिल्मले देशका मल्टीप्लेक्स शहरमा निराशा भन्दा माथिको व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । फिल्म युनिटले दिएको जानकारी अनुसार काठमाण्डौ, धरान, पोखरा जस्ता शहरहरुमा मौन हेर्ने दर्शकको भिड लागेको छ भने हेर्ने जतिले राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

केहि साता देखि 'स्टुपिड मन'को सुटिङ युनिट थाईल्याण्डको फुकेट शहरमा छ । फुकेटका फ्रन्थेप केप, छालोङ बे, नायाङ वीच, काता वीच लगायतका रमणिय स्थानमा फिल्मका चार मुख्य पात्र जीवन लुईटेल, निरज बराल, चाँदनी शर्मा र रिजु श्रेष्ठले आफ्नो अभिनय कला प्रस्तुत गरिरहेका छन् ।

नेपालमा वान लाइन सम्पादन गरिएपछि निर्देशक सन्दिप जोसेपले नेपाली फिल्म 'सेफ ल्याण्डिङ'को सम्पादन गर्न बलिउड फिल्म सम्पादक मेघना अश्चित श्रीवास्तवलाई दिएका छन् ।

प्रेमको अभिव्यक्ति कुन भाषामा सरल रुपमा बुझिन्छ ? मौनले दर्शाउँछ - सांकेतिक भाषा । फिल्मको आफ्नै व्याकरण होला तर मौन भित्रको सांकेतिक भाषामा प्रेमको अभिव्यक्तिले संकेत भाषाको व्याकरणलाई पनि फराकिलो बनाएको छ । हो, पहिलो कारण यही हो मौन हेर्नुपर्ने कि नेपाली फिल्ममा नयाँ विषय, नयाँ प्रयोग संकेतको भाषा जुन विश्वव्यापी बुझिन्छ ।

