Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

गुरुङ फिल्मका लागि छुट्टै सेन्सर वोर्ड

फिल्मीखबर, काठमाण्डौ, 2014/01/13

गुरुङ भाषाका फिल्मलाई सेन्सर गर्न छुट्टै सेन्सर वोर्डको गठन भएको छ । गुरुङ भाषाका फिल्म धेरै बन्ने पोखरा शहरमा यसको जानकारी गराइएको हो । गुरुङ फिल्म एशोसियशन (जिफान) ले गुरुङ भाषाका फिल्म सेन्सर गर्ने वोर्डको गठन गरेको हो ।

 

हालसम्म निर्माण भएका एक सय बढी गुरुङ भाषाका फिल्म बिना सेन्सर प्रदर्शन हुँदै आएका थिए । गुरुङ समुदायको मौलिकपनलाई कायम राख्ने तथा फिल्ममका देखिएको विकृतीलाई कम गर्न सेन्सर वोर्ड गठन गरिएको जिफानका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी गराएका छन् । उनी स्वयम् अध्यक्ष रहेको गुरुङ चलचित्र सेन्सर बोर्डमा ११ जना सदस्य छन् । यस वोर्डबाट सेन्सर भएका फिल्मलाई बजार व्यवस्थापन तथा प्रचारमा समेत सहयोग गर्ने अध्यक्ष गुरुङले बताएका छन् ।

 

‘गुरुङ चलचित्र जाँच पास समिति’ गठन भएकोमा केन्द्रिय सेन्सर वोर्डको ध्यानाकर्षण भएको छ । केन्द्रमा सेन्सरका लागि केन्द्रमा आउन नसक्ने फिल्मले जिल्लामै सेन्सर गराउने कानुनी प्रावधान रहेकाले दुई वटा सेन्सर वोर्ड हुन नसक्ने केन्द्रिय जाँच पास समितिको भनाई छ ।