आईतवार राजधानीको सुन्धारास्थित बेबिलोन डान्स बारमा सुटिङको छुट्टै रौनक थियो । सधैंजसो अर्काको एक्सन कटमा कम्मर मर्काउने अभिनेत्री प्रियंका कार्की भने अरूलाई 'एक्सन कट' सिकाउँदै थिईन् ।
साउण्ड !
एक्सन !
कट !
कुशल अभिनेत्रीको साथमा राम्रो नृत्याङ्गना समेत रहेकी प्रियंकाको कम्मर मर्किएको थियो तर अर्काको लागि । यानकी उनले अरू कसैलाई डान्सका स्टेप सिकाईरहेकी थिईन् त्यो पनि आईटम गीतमा । हाल राजधानीमा छायाँकन भईरहेको फिल्म 'पुन्टे परेड'को 'कक्टेल जवानी...' बोलको आईटम गीतको करियोग्राफी प्रियंकाले गरेकी हुन् । उक्त गीतमा सब्बु बलामीले डान्स गरेकी छिन् । फिल्मको कथा अनुसार संयम पुरीले सब्बुलाई प्रियंका देख्ने छन् अनि प्रियंका आफ्नै करियोग्राफीमा बारूले कम्मर मर्काउने छिन् ।
.jpg)
'खासमा संयमको म शिक्षिका हुन्छु । उसले मलाई मन पराएको हुन्छ । रमाईलो मुडमा रहेका संयमले सब्बुलाई म देख्छ अनि सब्बुको ठाउँमा हामी दुई (प्रियंका र संयम) नाच्छौं,' प्रियंकाले गीतको बारेमा भनिन्- 'दर्शकलाई संयम र मेरो डान्स हेरेर खुसी बनाउन सक्दो मेहनत गरेकी छु ।
करियोग्राफी आफ्नो पेशा नभएपनि गीतको मार्केटलाई स्तरिय बनाउनका लागि करियोग्राफी गरेको प्रियंकाको तर्क छ । 'करियोग्राफी मेरो प्यासन हो,' भर्खरै मात्र 'हँसिया' फिल्मको आईटम गीतमा कम्मर मर्काएकी प्रियंकाले भनिन्- 'म राम्रो करियोग्राफर हैन तर राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास छ ।'
.jpg)
यसअघि पनि केहि फिल्मका गीतमा करियोग्राफी गरेकी प्रियंकालाई कहिलेकाहिं लाग्छ नृत्यनिर्देशकले आफू भित्रको कलालाई निकाल्न सकेको छैन । 'कति कुराहरू गर्नखोज्दा पनि सिमा भित्र रहेर काम गर्न पर्छ जसले गर्दा म भित्रको कला निस्कन पाउँदैन,' उनी भन्छिन्- 'नृत्यनिर्देशकले कलाकारको मानसिक तथा शारीरिक अवस्थालाई अध्ययन गर्नुपर्छ । जुन मैले यो गीतमा गर्ने प्रयास गरेकी छु ।'
नृत्य पेशालाई सम्मान गर्ने प्रियंका भोलीका दिनमा करियोग्राफीको अफर आए स्विकार्ने बताउँछिन् । यता फिल्मका निर्देशक सुवास कोईरालाले प्रियंकाको 'इनर्जी लेभल', फरक गर्नुपर्छ भन्ने सोच, राम्रो काम, मेहनती तथा कुशल डान्सर भएकाले करियोग्राफी गर्न दिएको बताए ।
.jpg)
अहिलेका युवायुवतीहरूको सोचलाई कमेडी शैलीमा प्रस्तुत गरिएको फिल्म 'पुण्टे परेड'लाई हरि महतले निर्माण गर्दैछन् । ८५ प्रतिशत सुटिङ सकिएको यो फिल्ममा प्रियंका, संयम, एञ्जिला दाहाल, नट्टु शाह, रबिन्द्र खड्का, गीता अधिकारी, स्वेता थापा लगायतको अभिनय छ । निलु डोल्मा शेर्पाको कन्सेप्टलाई शान बस्न्यातले कथाको रूप दिएको 'पुन्टे परेड'लाई बाबु श्रेष्ठले खिच्दैछन् भने संगीत तारा प्रकाश लिम्बु र टेकनन्द लामाको छ ।
.jpg)

