Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(115 votes, avg 4.98/5.00)
Text size:-
+
-

गगनले हेरे कमेडी फिल्म । दिपक भन्छन्- `अब बर्षमा एउटा फिल्म`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/13

दोस्रो संबिधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ का काङ्ग्रेसका विजयी उम्मेद्वार गगन थापाले कमेडी फिल्म ‘छ एकान छ’ हेरेका छन् । उत्साहजनक व्यापार गर्न सफल कमेडी फिल्म मन परेको प्रतिक्रिया गगनले दिए ।

 

कमलपोखरीस्थित बिग मुभिजको हलबाट बाहिरिंदै युवा नेताले भने- ‘नेपाली फिल्मको गुणस्तर बढेको पाएँ । ‘छ एकान छ’ मनोरञ्जनात्मक लाग्यो । हाँस्य कलाकारलाई बधाई दिन चाहन्छु ।’ नेता थापा सहित सञ्चारकर्मीले पनि फिल्म ‘छ एकान छ’ हेरेका छन् । बिहानी शो भएकाले फिल्म हेर्न उल्लेख्य सञ्चारकर्मीको उपस्थिति भने देखिएन । उपस्थित सञ्चारकर्मीले फिल्म मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिए ।

 

फिल्मको व्यापारबाट हौसिएका निर्माता मध्येका एक दिपकराज गिरीले बर्षको एउटा फिल्म निर्माण गर्ने बचन दिएका छन् । ‘छ एकान छ’ का कथाकार तथा कलाकार समेत रहेका दिपकले फिल्मीखबरसँग भने- ‘दर्शकले हाँस्य कलाकारप्रति देखाएको मायाबाट हामीलाई हौसला मिलेको छ । दर्शकलाई हामी बर्षको एउटा फिल्म दिन्छौं ।’

 

 

फिल्मीखबरसँगको कुराकानीमा दिपकले फिल्मको व्यापार अकल्पनिय हुन आएको समेत खुलाए । दिपकले भने- ‘फिल्म हेर्न दर्शक हलमा आउँछन् भन्ने लागेको थियो तर यति धेरै दर्शक आउँछन् भन्ने सोचेकै थिइन ।’ फिल्मको लगानी उठ्यो ? भन्ने जिज्ञासामा दिपकले अबको दुई दिनको व्यापारबाट ६० लाख लगानी रिकभर गर्ने समेत दाबी गरे । मल्टिप्लेक्स हलले ‘छ एकान छ’ को शो शनिबारबाटै बढाएका छन् । फिल्म हाल करिब ७० वटा प्रर्दामा प्रदर्शनरत छ ।