
आगामी कार्तिक ८ गते रिलिज हुन लागेको लभस्टोरी फिल्म 'मधुमास'को पोस्टर सार्वजनिक गरिएको छ । फिल्म रिलिज हुन २३ दिन बाँकी रहँदा निर्माण टिमले गीत र प्रोमो सार्वजनिक भएपश्चात पोस्टर रिलिज गरेको हो ।

नेकपा एमाओवादीको तर्फबाट पर्सा क्षेत्र नम्बर १बाट आगामी संविधान सभा निर्वाचनमा लड्ने तयारीमा रहेका रेखा थापालाई अन्तत: टिकट नदिईने भएको छ । रेखा उठ्ने भनिएको क्षेत्रमा पार्टीले बलिराम साहलाई टिकट दिएको छ ।

दशैं घरको ढोकाबाट पस्ने क्रममा छ । जमाना रेडीमेटको छ, त्यसकारण दशैंमा गर्नुपर्ने कामको अभिनेत्री अरूणिमा लम्साललाई कुनै चिन्ता छैन । बालकोट माईतीमा दशैं मनाउने अभिनेत्री लम्सालसँग फिल्मीखबरले छोटो गफ गरेको छ :-

अभियान सम्मान २०७० बाट करिब एक दर्जन कलाकर्मी सम्मानित भएका छन् । अभियानको ३० औं वार्षिक उत्सवको उपलक्ष्यमा औपचारिक कार्यक्रम मार्फत कलाकर्मीलाई सम्मान गरियो ।

पढ्दा फिल्मी जस्तो लाग्न सक्छ । तर, सत्य यो हो कि, अभिनेता भुवन केसीको चुनावी टिकट खोसिएको छ । नेकपा एमाले पार्टीबाट काठमाण्डौ क्षेत्र नम्वर १ बाट प्रत्यक्ष चुनाव लड्ने टिकट पाएका अभिनेता केसीको उम्मेरद्वारी खोसीएको हो ।

सौगातलाई थाहा छ, 'बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन' । र पनि, सौगात किन बोल्दैनन् त ? भन्छन्- 'खासमा मलाई बोल्न नै दिक्क लाग्छ । यहाँ बोलेरै धेरै कुरा बिग्रिएको छ । बोलेर काम बिगार्नु भन्दा चुप बस्नु नै ठिक लाग्छ ।'

