Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

सिनेमा क्लब सञ्चालनमा : सञ्चार मन्त्रीले गरे उद्घाटन

फिल्मीखबर, काठमाण्डौ, 2014/01/17

नेपाल चलचित्र निर्देशक समाजले ‘सिनेमा क्लब’ सञ्चालनमा ल्याएको छ । साताको प्रत्येक शुक्रबार एउटा फिल्म समाजको भवनमा देखाउने घोषणा गर्दै सञ्चारमन्त्री माधव प्रसाद पौडेलले ‘सिनमा क्लब’ को औपचारिक उद्घाटन गरे ।

 

सञ्चारमन्त्री पौडेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरे । सिनेमा क्लबको उद्घाटन गर्दै सञ्चारमन्त्री पौडेलले भने- ‘यस क्लबले फिल्म क्षेत्रको विकासलाई योगदान पुर्याउनेछ भन्ने विश्वास लिएको छु ।’ आफ्नो लागि फिल्म नौलो विषय रहेको उल्लेख गर्दै सञ्चारमन्त्रीले थपे- ‘सरकारले फिल्म नीतिको मस्यौदालाई अन्तिम रुप दिने तयारी गर्दैछ । नयाँ सरकारले मस्यौदालाई संसदमा लगेर पास गराउने विश्वास लिएको छु ।’

 

निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले सिनेमा क्लबबारे भने- ‘सिनेमा क्लबमा नेपाली मात्रै हैन, उत्कृष्ट विदेशी भाषाका फिल्मलाई समेत देखाइनेछ । निर्देशकको वौद्धिक क्षमतालाई वृद्धि गर्ने उद्धेश्यले यो क्लबलाई निरञ्तरता दिएका हौं ।’ उदघाटनको दिन निर शाह निर्देशित फिल्म 'मसान' देखाईयो ।

 

समाजका पूर्व अध्यक्ष केपी पाठकले सिनेमा क्लबलाई सञ्चालनमा ल्याएपनि बिचमा रोकिएको थियो । कमलपोखरीस्थित निर्देशक समाजको कार्यालयमा प्रत्येक शुक्रबार ३ बजेबाट फिल्म देखाइनेछ । निर्देशक लक्ष्मीनाथ शर्मा र उज्जवल घिमिरेले सिनेमा क्लबको महत्व र आवश्यकता बारे छोटो मन्तव्य राखेको थिए ।