हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह यात्रा लिएर अष्ट्रेलिया पुगेका छन् । जनावरी १८ देखि फेव्रुअरी २ तारिखसम्म चल्ने मह यात्रामा कलाकार बसुन्धरा भुषाल, नरेन्द्र कंसकार, किरण केसी, शिवहरी पौडेल, मोहित आचार्य र गायीका कुन्ति मोत्तान पनि सहभागी छन् ।

टोली माघ १ गते अष्ट्रेलिया उडेको थियो । अष्ट्रेलियाका ६ शहर पर्थ, मेलबर्न, ब्रिसबन, क्यानबेरा, सिड्नी र एडिलेडमा मह यात्राको टोलीले आफ्नो प्रस्तुती दिनेछन् । आयोजक संस्था सोलाञ्चरका अनुसार जनवरीको १८ तारिखबाट पर्थबाट सुरु हुने महयात्रा सिड्नीमा फेबु्रअरी २ तारिखमा कार्यक्रम गरेपछि सम्पन्न हुनेछ । मह यात्रा अहिलेसम्म अष्ट्रेलियामा नेपालीले आयोजना गरेकोमध्ये सबैभन्दा ठूलो र सफल साङ्गीतिक कार्यक्रम हुने दाबी आयोजकले गरेको छ ।
ब्रिसबन र क्यानबेरामा भने महयात्रालाई एनआरएनको सहयोगमा आयोजना गरिने भएको छ भने एडिलेडमा खाली बोतलहरु संकलन गरेर नेपालको दुर्गम भेगका बिद्यालयहरुमा सहयोग पुर्याइरहेको 'बटल्स फर स्कुल' नामक संस्थाको सहयोगमा आयोजना गरिनेछ । मह यात्रा सकेर टोली फेव्रुअरी ६ तारिखमा नेपाल फर्कदैछ ।

