अभिनेता अर्पण थापाले निर्देशन गरिरहेको फिल्म 'मुखौटा'मा अभिनेता सौगात मल्लको गेटअप सार्वजनिक भएको छ । टाउके डनहरूको इशारामा चलेको काठमाण्डौको वस्तुस्थितीलाई पर्दामा उतार्न लागिएको 'मुखौटा'मा सौगातको गेटअप निकै आकर्षक देखिएको छ ।

रीफ इन्टरटेन्मेन्टको व्यानरमा रबिन श्रेष्ठले निर्माण गरिरहेको यो फिल्ममा सौगातको प्रस्तुत गेटअप हेर्दा उनको भूमिका पनि डनको रहेको बुझ्न सकिन्छ । फिल्ममा राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई, सुनिल थापा, रबिन तामाङ, निशा अधिकारी, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्राकार र फिल्मलाई निर्देशन गर्न लागेका अभिनेता अर्पण थापाको मुख्य भूमिका छ । यि मध्ये फिल्ममा को-को कलाकार डन बन्दैछन् ? खुलाईएको छैन ।
काठमाण्डौमा नै माफिया डनहरूको कथालाई खिचिने यो फिल्ममा नरेन्द्र मैनालीको छायाँकन, ज्यासन कुवँरको संगीत, रेनशा बान्तवा राईको करियोग्राफी, शुभेच्छा भडेलको कस्टुम डिजाईन तथा चन्द्र पन्तको द्धन्दनिर्देशन रहनेछ । अभिनेता अर्पणले प्रतिक गुरूङसँग मिलेर फिल्मको कथा तयार पारेका हुन् ।

