Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

अमेरिका पछि नेपालमा धड्किदै `मुटु`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/16

अमेरिकाका एक दर्जन भन्दा बढि स्टेट तथा अन्य मुलुकमा सफल प्रदर्शन पश्चात सूर्य बोहोरा निर्देशित फिल्म ‘मुटु’ यही माघ २४ गते अल नेपाल प्रदर्शन हुँदैछ । बिदेशमा दर्शकको राम्रो साथ पाएको यो फिल्मलाई नेपालमा पनि रूचाईने विश्वास निर्देशकले लिएका छन् ।

 

निर्माता समेत रहेका बोहोरा फिल्म प्रचारको लागी केही साता पहिले अमेरिकाबाट नेपाल ल्यान्ड भएका छन् । निर्देशक बोहोराले ‘मुटु’ रुपमा पूर्ण प्रेमकथामा आधारित रहेको बताए । म्युजिक भिडियोका हिट जोडी केकी अधिकारी र विमलेश अधिकारीले ‘मुटु’मा मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा दुई अधिकारी जोडीको साथमा मुकेश आचार्य र बालकलाकार सुप्रिम शाहको पनि मुख्य भुमिका रहेको छ ।

 

पहिलो हप्ता फिल्मको व्यापार व्यापक भएमा प्रणय दिवसमा ‘मुटु’ प्रेम जोडीको लागि उपहार हुनेछ । फिल्मको होल्ड ओभर कायम भएमा ‘मुटु’ले दोस्रो हप्ता प्रदर्शनको मौका स्वतः पाउनेछ । 'आफ्नो मायालु जोडीलाई 'मुटु' फिल्म गतिलो उपहार हुनेछ,' निर्देशकले भने- 'बिदेशमा जस्तै नेपालमा पनि यो फिल्म रूचाईने छ ।'

 

फिल्म प्रदर्शनसँगै नयाँ फिल्म निर्देशनको तयारीमा जुटेका बोहोराले भोलीका दिनमा पनि सम्झन लायकको फिल्म बनाएको बताए । उनले भने- 'जसरी मेरो अघिल्ला फिल्म ‘अग्नि परिक्षा’ र ‘कान्छा’लाई अहिले पनि दर्शकले सम्झनु हुन्छ त्यसैगरी 'मुटु' पनि बर्षौंसम्म पनि दर्शकको मुटुमा बस्न सफल हुनेछ ।'

 

निर्देशक बोहराकै लेखन रहेको 'मुटु'मा बसन्त सापकोटा र सुरेन्द्र शाहको संगीत, शेरबहादुर लामाको छायाँकन, गम्भिर बिष्ट र सुरेन्द्र शाहको करियोग्राफी तथा सूर्य थोकरको द्धन्द रहेको छ । मित्र देब गुरूङले फिल्मको सम्पादन गरेका हुन् ।

 

अमेरिकाको बिभिन्न सिटीमा भएको फिल्मको प्रदर्शन पश्चात दर्शकको प्रतिक्रिया हेर्नुहोस् -