शुक्रबार मलेसियामा हुने अवार्डका लागि कलाकारको जम्बोटोली मलेसिया प्रस्थान गरेको छ । कलाकारको टोली बिहीबार ३ बजे एअर एसियाको विमानबाट मलेसिया प्रस्थान गरेको हो । टोलीमा कलाकार तथा प्राविधिक गरी ७० जना छन् ।
बरिष्ठ फिल्मकर्मी निर शाह, अशोक शर्मा, केशब भट्टराई, प्रदीप उदय देखि कलाकार करिष्मा मानन्धर, झरना थापा, आर्यन सिग्देल, नम्रता श्रेष्ठ, सौगात मल्ल, निता ढुंगाना, दिनेश डिसी, ऋचा शर्मा, सुदर्शन थापा, बेनिशा हमाल, हर्षिका श्रेष्ठ, सौजन्य सुब्बा, गौरव पहारी, गजित बिष्ट, लगायत टोली बिहिबार मलेसिया प्रस्थान गरेका हुन् ।
फोटोमा मलेसिया जाने कलाकार







