Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शहिद दिवसमा देखाइयो `बलिदान`

फिल्मीखबर, महोत्तरी, 2014/01/30

शहिद दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा  फिल्म ‘बलिदान’ को च्यारिेटी गरिएको छ । पत्रकारिता विकास केन्द्रले ‘बलिदान’ लाई च्यारेटी गरेको हो ।

 

सुरुमा ‘शहिद’ फिल्मको च्यारेटी गर्ने भनिएपनि ‘शहिद’ को हार्ड डिक्समा देखिएको गडबडीका कारण ‘बलिदान’ लाई च्यारिटी गरिएको थियो । ‘बलिदान’ को च्यारेटीमा सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि, प्रहरी प्रशासक, व्यापारी, विद्यार्थी तथा युवाहरुको सहभागिता थियो ।

 

च्यारिटी शोबाट संकलित रकम स्थानिय पत्रकारिता क्षेत्रको विकासका लागि आवश्यक तालिम तथा गोष्ठीमा खर्च गरिने विकास केन्द्रका अध्यक्ष तुलसी रमण काफ्लेले बताएका छन् । हरेक बर्ष माघ १६ गते शहिद दिवस मनाउने गरिन्छ ।

 

जहानियाँ राणा शासन विरुद्ध शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दका साथै लोकतन्त्र प्राप्तिका लागि बलिदान दिने सहिदहरुको सम्झनामा प्रत्येक बर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहिद सप्ताह मनाउने परिपाटी छ ।