Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`झोले`को प्रचार प्रसार २५ लाख

फिल्मीखबर, काठमाडौं, 2014/01/30

कमेडी फिल्म ‘छ एकान छ’ को आक्रामक प्रचारले व्यापार पनि आक्रामक नै भयो । त्यसैको सिको गर्दै फागनु ८ गतेदेखि प्रदर्शनमा आउने अर्को कमेडी फिल्म ‘झोले’ले पनि आक्रामक प्रचारको नीति लिएको छ । 

 

‘झोले’ प्रचारका लागि झन्डै २५ लाख खर्चने तयारी रहेको निर्देशक दिपेन्द्र के. खनालले बताए । निर्देशक खनालका अनुसार ‘झोले’ले प्रचारको लागि मुख्य राष्ट्रिय दैनिकसँग फिल्मको पोस्टर छाप्ने सम्झौता गरिसकेको छ भने फिल्मले यसै साताबाट काठमाडौं बाहिरका मुख्य स्थानमा फिल्मका ३० वटा होर्डिङ बोर्ड राख्ने तयारी गरिरहेको छ । सँगसँगै हल, रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिकामा ‘झोले’मय बनाउने निर्माण टोलीको योजना छ । 

 

टेकेन खड्का निर्मित ‘झोले’ को अमेरिका सहित अन्य मुलुकमा प्रदर्शन अधिकारी बिक्री भैसकेको छ । ‘विदेशमा फिल्म बिक्रीको रकम हामीले प्रचारमा लगाएका छौं निर्देशक खनालले भने, ‘फिल्मको व्यापार राम्रो हुनेमा हामी ढुक्क छौं ।’


फिल्ममा प्रियंका कार्की, दयाहाङ राई, ए.गुरुङको मुख्य भूमिका रहेको छ ।  प्रियंका कार्की र दयाहाङ राईको रोमान्टिक गीत र ‘झोले’ को प्रोमो अहिले हिट भैरहेको छ । प्रोमोशन जस्तै डार्क कमेडी फिल्मले व्यावसाय पनि आक्रमक नै गर्ला ? फागुन ९ गतेसम्म प्रतिक्षा गर्रौ ।