सन् २०१२ को भेनिस फिल्म फेस्टिभलमा चयन हुन सफल सर्ट फिल्म ‘बाँसुल्ली’ का निर्देशक मिनबहादुर भामलाई ५५ लाख रुपैयाँ पुरस्कार स्वरुप प्राप्त भएको छ ।
स्विस संस्था मिनले निर्देशन गर्ने तयारी गरिरहेको फिल्म ‘कालो पोथी’ ले दिने सन्देशलाई मुख्य आधार बनाउँदै उक्त पुरस्कार दिएको हो । विदेशी संस्थाबाट यतिठुलो रकम पाएपछि निर्देशक मिनले खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्- ‘अब फिल्म पक्का बन्छ ।’ ‘कालो पोथी’ का लेखक, पटकथाकार तथा निर्देशक मिन स्वयम् हुन् ।
कर्णालीको भूगोल र विषयवस्तु माथि बन्ने ‘कालो पोथी’ को कलाकार छनोट भएपछि छायाँकन गरिने उनले बताएका छन् । पुरस्कार दिन स्विस संस्थाले ‘कालो पोथी’ लाई त्यहाँको चर्चित दुई फेस्टिभलमा प्रदर्शनको अवसर दिनेछ ।

