Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौ १० बाट सर्यो दयाहाङ र रिश्माको 'झूम्की', असोजमा आउने

फिल्मीखबर, काठमाडौं, 2016/07/24
यसअघि भदौ १० लाई प्रदर्शनको मिति तय भएको फिल्म 'झूम्की' रिलिज सरेको छ । निर्माण टिमले अफिसियल रुपमा रिलिज मिति सरेको बारेमा कुरा बाहिर नल्याएको भए पनि फिल्म अन्ततः असोज ७ मा रिलिज गर्ने मनस्थितीमा निर्माण टिम पुगेको हो ।
 
फिल्मको पोस्ट प्रोडक्शनको काम नसकिएकोले पनि तयारी नपुग्ने भएको कारण निर्माण टिम रिलिज सार्ने निर्णयमा पुगेको निर्देशक तथा निर्माता अपिल बिष्ट बताउँछन् । 
 
फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, मलिना जोशी, मनोज आरसी लगायत अभिनयमा छन् । फिल्मको टिजर तथा फर्स्टलुक पोस्टर यसअघि नै सार्वजनिक भईसकेको छ ।
 
फिल्मलाई नेपाल रिलिज पहिले नै विदेशमा विभिन्न शहरमा प्रदर्शनको तयारीमा निर्माण टिम छ । 'झूम्की' अपिल बिष्ट फिल्मस् को ब्यानरमा तयार भएको हो ।
Most Visited News (monthly)