मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म अवार्डका जुरीलाई नाजिरको कडा चुनौती

फिल्मीखबर, काठमाडौं, 2016/07/22
नाजिर हुसैन, उनले मधेशी मुलको पात्रको रुपमा नेपाली फिल्ममा आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् । फिल्म तथा थियटरको अभिनयमा आफ्नो बेग्लै पहिचान बनाएका नाजिर हरेक समय पर्दामा दर्शकलाई हँसाउन सफल छन् ।
 
तर बिहिबार आयोजित एक प्रेस भेटघाटमा भने नेपाली फिल्म अवार्ड अनि त्यसमा जोडिएका जुरीहरु प्रति उनि खरो उत्रिए । कारण थियो, केहि हप्ता पहिले आयोजित फान अवार्डमा उनलाई डेब्यू अभिनेताको मनोनयनमा हाल्नु । 
 
नाजिरले बोले, 'मेरो पहिलो फिल्म 'पुण्टे परेड' हो, मेरो फिल्मी करियर त्यसैबाट स्थापित भएको हो, 'होस्टेल रिटर्न्स'लाई डेब्यू भन्दै मनोनयनमा हालिएछ आफै अचम्ममा छु ।'
 
यति भन्दै उनले थपे, 'कुन कलाकारले कुन फिल्म खेल्यो, डेब्यू फिल्म कुन हो, कुन फिल्ममा कसको कस्तो भुमिका छ, त्यो नै नबुझी हचुवाको भरमा मनोनयन निकालिन्छ भने मेरो भन्नु केहि छैन, मनोनयनको सुची निकाल्दै गर्दा त्यहाँ जोडिने कलाकार र फिल्मको बारेमा अपडेट हुन नसक्नु जुरी सदस्यको कमजोरी हो ।'
 
 
फिल्म र कलाकारको बारेमा खोज गर्ने काम जुरी सदस्यको हो, कलाकार को होईन भन्दै नाजिरले आफु नेपाली अवार्डको बारेमा खासै अबगत पनि नभएको भन्दै धेरै चासो पनि नलिने बोले ।' नाजिरको यो प्रकारको चुनौतीले नेपाली फिल्म अवार्डमा जुरी बस्नेहरुको कामलाई नै प्रश्च चिन्ह उब्जाएको छ ।