मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दिलवाले' निर्देशक सेट्ठी र शाहरुखबीच पानी बाराबार

एजेन्सी, मुम्बई, 2016/07/24
निर्देशक रोहित सेट्ठी र शाहरुख खान एक समय निकै नजिक मानिन्थे । जोडी जम्यो, 'चेन्नई एक्सप्रेस' हिट बन्यो । त्यसपछि गत बर्ष 'दिलवाले' बनाए, फ्लप बन्यो । अनि दरार आउन सुरु भयो यो जोडीको सम्बन्धमा ।
 
 
बलिउड अनलाईनहरुले लेखेका छन् कि 'दिलवाले'को असफलतासँगै यी दुईबीच सिधा रुपमा बोलचाल पनि छैन् । फिल्म फ्लप हुनुको पछाडी दुबैले एकअर्कालाई दोष थोपरेका छन् । 
 
शाहरुखले 'बाजिराव मस्तानी'सँग फिल्म भिडाउनु अनि रोहितले राम्रो मेहत नगर्नु एक अर्काको दोषारोपण बताईन्छ ।
 
यहि कुराले ठुलो रुप लिएपछि नयाँ प्रोजेक्टको बारेमा 'दिलवाले' रिलिज पहिले गरेको रोहित र शाहरुखको पलानिङ नै अन्त्य भएको बताईन्छ । तेस्रो फिल्मको बारेमा टिमअपको कुरा सेलाएसँगै रोहितले अर्कै स्टार लिएर काम गर्ने मनस्थितीमा पुगेको बताईन्छ ।