नायक भुवन केसीको फिल्म 'नेपालीबाबु'मा बालकलाकारको भूमिका निर्वाह गर्दै अभिनय क्षेत्रमा आएका नायक सलोन बस्नेत पुराना निर्देशक शोभित बस्नेतका छोरा हुन् । बालकलाकारका रूपमा चार दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका सलोन शिव रेग्मीद्वारा निर्देशित 'हामी तीन भाइ'पछि बालकलाकारको रुपमा देखिएनन् । त्यसपछि करिब आठ वर्ष अभिनय क्षेत्रबाट टाढिएका सलोनले फिल्म 'होस्टल' बाट फेरि अभिनयमा कमब्याक गरे ।

नायक प्रदीप खड्का अहिलेका 'हट केक' हुन् । 'प्रेमगीत' र 'प्रेमगीत २' पछि उनको क्रेजको चर्चाले सिनेवृतमा पनि राम्रै भूकम्प ल्याएको छ । तर, केही दिनदेखि प्रदीप खड्काको खुबै आलोचना भैरहेको छ । फिल्म 'लिली-बिली'को घोषणा सभामा ४ बडिगार्डसहित ईन्ट्री गरेपछि प्रदीप खड्काको विषयमा सामाजिक सञ्जालमा खुबै मजाक उडाइयो । त्यसको जवाफ उनले ‘प्रेमगीत २’ले सफल प्रदर्शनको ५१ औं दिनको अवसर पारेर मनाइएको उत्सवमा दिए ।