.jpg)
शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको फिल्म ‘झ्यानाकुटी’ले सुखद ओपनिङ गरेको छ । फिल्म हेर्नेले सकारात्मक प्रतिक्रिया दिएपछि निर्माण टीम उत्साहित देखिएको छ । शुक्रबार तथा शनिवार अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमाल, निर्मात्री निशा अधिकारी र निर्देशक तथा निर्माता सिमोश सुनुवार दर्शकसँग साक्षात्कार गर्न विभिन्न हल पुगेका थिए ।
हलमा सौगातको क्रेज गज्जबको देखिन्थ्यो । उनीसँग सेल्फी खिच्न लागेको भिड देखेर निर्मात्री नीशा भने दंग थिइन् । बेनिशा पनि दर्शकको सेल्फीमा केहीबेर रमाइन् । शनिवार फिल्मले अधिकांस हलमा हाउसफूल ब्यापार गरेको निर्देशक सुनुवारले जानकारी दिए ।
.jpg)
सोलो रिलिजका कारण पनि फिल्मले राजधानीका गोपीकृष्ण, गुण, गंगा, अष्टनारायणजस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा पकड जमाएको छ । फिल्मको लाइफटाइम कलेक्शन आइतबारदेखिको व्यापारमा भर पर्नेछ ।
निर्मात्री नीशा अधिकारीले दुई दिनमा ‘झ्यानाकुटी’ले करोड ग्रस कलेक्सन गरेको बताइन् । उनले भनिन्, ‘हामीले हाम्रो अनुभवबाट तयार पारेको ‘झ्यानाकुटी’लाई दर्शकले रुचाउनु भयो, यो हाम्रो लागि खुशीको कुरा हो । हलमा निर्मात्रीको रुपमा पुग्दा अलि बेग्लै अनुभव हुने रहेछ । फिल्म खचाखच भरिएको पाउँदा खुसी लाग्यो ।’
.jpg)
यस्तै, नायक सौगात मल्लले भने, ‘हामी हलमा पुग्दा हाउसफुल हुनु र फिल्म हेरेकाले मन पराएको प्रतिक्रिया दिनु हाम्रो लागि यो निकै खुसीको कुरा हो । मैले भेटेका ९० प्रतिशत भन्दा बढी दर्शकले फिल्मलाई रुचाएका छन् ।’ ‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, कर्मा शाक्य, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

