
फिल्म ‘परदेशी’मार्फत चर्चामा आएकी नायिका रजनी केसी अभिनीत नयाँ फिल्म ‘पटुकी’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई राम नेपालले निर्देशन गरेका हुन् ।
यसअघि यो फिल्म पुष १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । फिल्ममा रजनीसँगै जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।
स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले ‘पटुकी’ को कथाले सम्पूर्ण नारीलाई बाँध्ने बताए । राजनराज सिवाकोटीको संगीत रहेको पटुकीमा लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

