Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘काशी अमरनाथ’ गीतमा जेनिशासँग भोजपुरी स्टारको मस्ती

फिल्मीखबर, काठमाण्डौ, 2017/11/18
 
बलिउड अभिनेत्री प्रियंका चोपडाले दोस्रो पटक निर्माण गरेको भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा नेपाली नायिका जेनिशा केसीले पनि अभिनय गरेकी छिन् । यो फिल्ममा भोजपुरी स्टार रवि किशान , दिनेश लाल यादव र आम्रपाली दुबेको मुख्य भूमिका छ । हालैमा ‘काशी अमरनाथ’को आइटम गीत सार्वजनिक भएको छ, जसमा नायिका जेनिशा र रवि फिचरिङ छन् । 
 
भिडियोमा जेनिशाले कामुक नृत्य प्रस्तुत गरेकी छिन् । गीतमा मात्र हुन् वा फिल्ममा पनि जेनिशाको मुख्य भूमिका छ त्यो भने निर्माण पक्षले खुलाएको छैन । पर्पल पेबल पिक्चर्स र रोज क्वार्ज इन्टरटेन्मेन्टमा निर्माण भएको यो फिल्मलाई सन्तोष मिश्राले निर्देशन गरेका हुन् । फिल्मको निर्मातामा प्रियंका चोपडा, सिद्धार्थ चोपडा र डा. नेहा शन्दिल्या रहेका छन् । 
 
केही वर्षदेखि भारतमा बसेर बलिउड फिल्ममा प्रवेश गर्ने तयारीमा रहेकी जेनिशाले नेपाली फिल्ममा भने खासै सफलताको झन्डा गाड्न सकिनन् । नायक विराज भट्टको जोडी बनेर पर्दामा आउँदा भने उनले केही हिट फिल्मसँग साक्षात्कार गर्ने मौका पाएकी थिइन् । अब उनको सोच बलिउडमा जम्ने छ । 
 
गीत हेर्नुहोस् :-
 

 

 

Most Visited News (monthly)