Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपाको पिरतीको छातामुनी हरिवंश !

फिल्मीखबर, काठमाण्डौ, 2017/11/19
 
रियल लाइफमा अझैसम्म अविवाहित निर्देशक, निर्मात्री तथा हास्यकलाकार दीपाश्री निरौलाले पर्दामा भने कलाकार दीपकराज गिरीको श्रीमतीको भूमिका धेरैपटक निर्वाहा गरेकी छिन् । हास्यटेलिसिरियल ‘तितो सत्य’मा दीपक र दीपाको जोडी देख्न पाइन्थ्यो । पछिल्लो समय फिल्म निर्माण र निर्देशनमा सक्रिय दीपा नयाँ फिल्ममा भने हास्यकलाकार हरिवंश आचार्यको श्रीमती बनेकी छिन् । 
 
धमाधम छायांकन भैरहेको फिल्म ‘शत्रुगते’मा हरिवंश र दीपा श्रीमान-श्रीमतीको भूमिकामा देखिँदैछन् । हालैमा फिल्मको सुटिङ सेटबाट एक तश्वीर बाहिरिएको छ, जसमा दीपाले हरिवंशलाई पिरतीको छाता ओढाएकी छिन् अनि हरिवंश ट्याक्टर चलाइरहेका छन् । तश्वीरमा यो जोडीलाई निकै 'क्यूट' देखिएको छ । 
 
नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्मका मुख्य कलाकार हुन् ।  प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय छ । 
Most Visited News (monthly)