Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10213 - 10218 of 24292
फिल्मीखबर, काठमाडौं, 2019-05-05, आईतवार
राजधानीमा शनिबार आयोजना भएको एघारौं 'डि सिने अवार्ड - २०७६' मा पछिल्लो वर्षको दशैंमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पञ्जा ३’ ले सर्वाधिक ८ विधामा अवार्ड उचालेको छ । उत्कृष्ट फिल्मको अवार्डसहित गायक, गायिका, लोक संगीत, हास्यकलाकार, चरित्र अभिनेत्री, सम्पादन र निर्देशकको अवार्ड यस फिल्मले आफ्नो पोल्टामा पारेको हो । उत्कृष्ट निर्देशकको अवार्ड उचाल्न निर्देशक दीपाश्री निरौला स्टेज चढेकी थिइन् । 
 
एजेन्सी, मुम्बई, 2019-05-04, शनिवार
बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डे आउँदो शुक्रवारबाट संसारभर प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘स्टूडेन्ट अफ दि ईयर २’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । उमेरले २० वर्षकी अनन्याले फिल्ममा अभिनेता टाइगर श्राफसँग चुम्बन सिन दिएकी छन् । उनी यसलाई आफ्नो बेस्ट चुम्बन बताउँछन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-05-04, शनिवार
मिस नेपालको उपाधि जितेका सुन्दरीहरुको नेपाली फिल्ममा प्रवेश दिन-प्रतिदिन बढ्दो छ । एकाधबाहेक सबैजसो मिस नेपालले नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाइसकेका छन् । पहिलो मिस नेपाल रुवी राणादेखि सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठसम्म नेपाली फिल्म क्षेत्रमा सुन्दरी अभिनेत्रीको रुपमा परिचित छन् । नेपाली फिल्ममा मिस नेपालको ताज पहिरिएका सुन्दरीहरुको प्रवेश बाक्लिँदै गइरहेको अवस्थामा फेरि एक नाम थपिएको छ- निकिता चाण्डक । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-05-04, शनिवार
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘बीर विक्रम २’ ले आफ्नो प्रचार-प्रचारलाई तिव्र बनाएको छ । गीतसंगीत र ट्रेलरले फिल्मको राम्रो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिम अब दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने उद्देश्यले मोफसल टुरमा निस्किएको छ । शुक्रवार दिउँसो पोखरा चिप्लेढुङ्गामा फिल्मको भब्य सांगीतिक कन्सर्ट आयोजना गरिएको थियो ।
 
फिल्मीखबर, काठमाण्डौ, 2019-05-03, शुक्रवार
डेढ दशक अगाडिसम्म नेपाली फिल्ममा अभिनेता विराज भट्टको ठूलो बोलबाला थियो । फिल्ममा उनी भएपछि निर्माताको लगानी सुरक्षित हुने ग्यारेन्टी हुन्थ्यो । पोस्टरमा उनको टाउको राखे मात्र पनि फिल्मले ब्लकबस्टर व्यापार गर्थे । एक्सनमा नयाँ ट्रेन्ड स्थापित गरेका उनको एक जमाना लोभलाग्दो स्टारडम थियो । नेपाली फिल्ममा उनको आगमनले निखिल उप्रेतीको साम्राज्य समेत डगमगाएको थियो । फिल्ममा विराजको प्रवेश हुनुभन्दा अगाडि एक्सन फिल्ममा निखिलले एकछत्र राज गरेका थिए ।
 
फिल्मीखबर, काठमाण्डौ, 2019-05-03, शुक्रवार
एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका एक्सन स्टार विराज भट्टले पहिलो पटक फिल्म निर्माण र निर्देशनमा हात हालेका छन् । करीब दुई दशक लामो फिल्म करिअरमा ७५ बढी फिल्ममा काम गरेका उनी फिल्म ‘साङ्लो’ मार्फत् निर्माण र निर्देशनमा होमिएका हुन् । यस फिल्मको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ । फिल्ममा पूर्व मिस नेपाल निकिता चाण्डक लिड हिरोइन छिन् । 
 
Results : 10213 - 10218 of 24292