Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 3.38/5.00)
Text size:-
+
-

डि सिने अवार्ड : सलिन र नम्रता उत्कृष्ट नायक-नायिका

फिल्मीखबर, काठमाडौं, 2019/05/05
राजधानीमा शनिबार आयोजना भएको एघारौं 'डि सिने अवार्ड - २०७६' मा पछिल्लो वर्षको दशैंमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पञ्जा ३’ ले सर्वाधिक ८ विधामा अवार्ड जितेको छ । उत्कृष्ट फिल्मको अवार्डसहित गायक, गायिका, लोक संगीत, हास्यकलाकार, चरित्र अभिनेत्री, सम्पादन र निर्देशकको अवार्ड यस फिल्मले आफ्नो पोल्टामा पारेको हो । उत्कृष्ट निर्देशकको अवार्ड उचाल्न निर्देशक दीपाश्री निरौला स्टेज चढेकी थिइन् । 
 
 
गत वर्षको अन्तिम फिल्म मध्येको एक 'यात्रा' ले पनि क्रिटिक्स अवार्डसहित ६ विधामा अवार्ड जितेको छ । फिल्मले द्वन्द्व निर्देशक, पटकथा, नव-निर्देशक, सह-अभिनेता, अभिनेता, नव-निर्देशकको अवार्ड प्राप्त गरेको हो । डि सिने अवार्डमा 'यात्रा' बाट उत्कृष्ट अभिनेताको अवार्ड सलिनमान बनियाले उचाल्दा फिल्म 'प्रसाद' बाट नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेत्री घोषित भएकी थिइन् ।
 
 
निकै न्यून संख्यामा कलाकारहरुको उपस्थिति रहेको अवार्ड कार्यक्रममा बरिष्ठ अभिनेता नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड, गायिका देवीका बन्दनालाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान, निर्देशक शोभित बस्नेतलाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान र पत्रकार अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको थियो । 
 
 
हरेक वर्षझैँ 'डि सिने अवार्ड' यसपटक पनि विवादबाट टाढा रहने देखिन्न । किनकि,  पटकथामा अवार्ड नजितेको ‘छक्का पञ्जा ३’ उत्कृष्ट फिल्म घोषित भएको छ । पटकथा भनेको फिल्मको मेरुदण्ड हो । पटकथा नै खराब छ भने अब्बल निर्देशकले समेत राम्रो फिल्म बनाउन सक्दैनन् । तर, डि सिने अवार्डमा पटकथाको अवार्ड फिल्म 'यात्रा' ले उचाल्यो । अनि, उत्कृष्ट फिल्म 'छक्का पञ्जा ३' बन्न सफल भयो । 
 
 
अवार्ड समारोहमा उपस्थिति अधिकांश फिल्मकर्मीले राम्रोलाई भन्दा हाम्रोलाई दिने प्रवृत्तिबाट डि सिने अवार्ड पनि गाँजिएको टिप्पणी गरे । केही विधामा मनलाग्दी रुपमा बाँडिएको अवार्ड देखेर धेरैजसो फिल्मकर्मीहरु आधाआधीमै अवार्ड समारोहबाट बाहिरिएका थिए । अवार्ड आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले भने अवार्ड सधैं विवादित बन्ने गरेको र आफूहरु सधैं कम विवाद होस् भन्ने चाहने बताए । 
 
 
अवार्ड विजेताहरुको पूर्ण सूची :-
 
१. उत्कृष्ट पाश्र्वसंगीत
 
जैशन कुँवर र प्रवेश मल्लिक - भोर
 
२. उत्कृष्ट साउण्ड डिजाइन
 
मुकेश शाह  - डमरुको डण्डीवियो
 
३. उत्कृष्ट गीतकार
 
राजेश श्रेष्ठ - फूल होइन (रोज)
 
 
४. उत्कृष्ट गायिका
 
विन्दु परियार - पहिलो नम्बरमा (छक्का पञ्जा –३)
 
५. उत्कृष्ट गायक
 
डेविड शंकर  - पहिलो नम्बरमा (छक्का पञ्जा –३)
 
६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार
 
दिपक शर्मा  - पहिलो नम्बरमा (छक्का पञ्जा –३)
 
७. उत्कृष्ट संगीतकार
 
एलिस कार्की - फूल होइन माया (रोज)
 
८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक
 
बसन्त श्रेष्ठ - उम्लियो भने (जय भोले)
 
 
९. उत्कृष्ट नृत्य निर्देशक
 
कविराज गहतराज - तिम्रो लागि (राम काहानी)
 
१०. उत्कृष्ट द्वन्द्व निर्देशक
 
हिमाल के.सी. - यात्रा : अ म्यूजिकल भ्लग
 
११. उत्कृष्ट  बालकलाकार
 
एञ्जल राई - हैरान
 
१२. उत्कृष्ट  हाँस्य कलाकार
 
केदार घिमिरे - छक्का पञ्जा –३
 
१३. उत्कृष्ट  खलपात्र
 
माओत्से गुरुङ्ग - चङ्गा चेट
 
 
१४. उत्कृष्ट  कथा
 
दिपेन्द्र लामा - गोपी
 
१५. उत्कृष्ट  पटकथा
 
यात्रा : अ म्यूजिकल भ्लग - सम्राट शाक्य
 
 
१६. उत्कृष्ट  संवाद
 
शुशिल पौड्याल - प्रसाद
 
१७. नव-नायिका
 
सुहाना थापा - ए मेरो हजुर –३
 
१८. उत्कृष्ट नव-नायक
 
घिरज मगर - इन्टु मिन्टु लण्डनमा
 
 
१९. उत्कृष्ट नव-निर्देशक
 
सम्राट शाक्य - यात्रा : अ म्यूजिकल भ्लग
 
२०. उत्कृष्ट चरित्र-अभिनेत्री
 
लक्ष्मी गिरी - छक्का पञ्जा –३
 
२१. उत्कृष्ट चरित्र-अभिनेता
 
सरोज खनाल - क्याप्टेन
 
२२. उत्कृष्ट सह–अभिनेत्री
 
नम्रता सापकोटा - समर लभ
 
 
 
२३. उत्कृष्ट सह–अभिनेता
 
सलोन बस्नेत - यात्रा : अ म्यूजिकल भ्लग
 
२४. उत्कृष्ट छायाँकार
 
सञ्जय लामा - ए मेरो हजुर –३
 
२५. उत्कृष्ट सम्पादक
 
विपिन मल्ल - छक्का पञ्जा –३
 
२६. उत्कृष्ट अभिनेत्री
 
नम्रता श्रेष्ठ - प्रसाद
 
 
२७. उत्कृष्ट अभिनेता
 
सलिनमान बनिया - यात्रा : अ म्यूजिकल भ्लग
 
२८. उत्कृष्ट निर्देशक
 
दिपाश्री निरौला - छक्का पञ्जा –३
 
२९. उत्कृष्ट पपुलर चलचित्र
 
ए मेरो हजुर –३ - सुहाना इन्टरटेनमेन्ट
 
३०. उत्कृष्ट चलचित्र
 
छक्का पञ्जा –३ - आमा सरस्वती मुभिज
 
 
क्रिटिक्स अवार्ड : यात्रा
जुरी अवार्ड : डमरुको डण्डीवियो
प्रोत्साहन अवार्ड : सुकुलगुण्डा
Most Visited News (monthly)