मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1009 - 1014 of 22579
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २८, सोमवार

फिल्म निर्देशक सुदर्शन थापा र अभिनेत्री तथा सञ्चारकर्मी सुप्रिया कटुवाललाई पुत्री लाभ भएको छ । सोमबार पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा सुप्रियाले दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । सुदर्शनले फेसबुकमा आमा र छोरीको एक तस्विर साझेदार गर्दै आफू पिता बनेको खुसी साटेका छन् । उनले छोरीको नाम ‘प्रियांशी’ राखेको समेत जानकारी गराएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २८, सोमवार

यस वर्षको ‘स्योर सट’ ब्लकबस्टर मानिएको फिल्म ‘छक्का पञ्जा ५’ दशैंको फूलपाती (असोज २४ गते)देखि प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शनका लागि अझै डेढ महिना बाँकी रहँदा निर्माण टिमले पहिलो गीत सार्वजनिक गरेको छ । ‘बिहे भाको छैन’ बोलको गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर छ भने दीपकराज गिरी र दीपक शर्माको शब्द तथा दीपक शर्मा स्वयंको संगीत छ ।

एजेन्सी, काठमाडौं, २०८१ श्रावण २८, सोमवार

बलिउड अभिनेता शाहरुख खानका लागि सन् २०२३ यादगार रह्यो । केही महिनाको अन्तरालमा रिलिज भएका उनका तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ले व्यावसायिक सफलता प्राप्त गर्न सफल भए । ‘पठान’ र ‘जवान’ले त बक्स अफिसमा रेकर्ड नै बनाएका छन् । यी तीन फिल्मले उनको संकटग्रस्त करिअरलाई ठूलो राहत दिए । त्यसअघि उनका एकपछि अर्को फिल्म डुबिरहेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २८, सोमवार

फिल्म ‘छक्का पञ्जा ४’मा काम गर्नुभन्दा अगाडि अभिनेत्री बेनिशा हमालको करिअर संकटग्रस्त थियो । श्रृंखलाबद्ध रुपमा उनका फिल्म असफल भैरहेका थिए । जसले गर्दा अभिनयको प्रशंसाका बावजूद उनी आफ्ना समकालीन अभिनेत्रीभन्दा ओझेलमा परेकी थिइन् । तर, ‘छक्का पञ्जा ४’को सफलताले उनको करिअरलाई नै गति दिएको छ । फिल्ममा उनको माग बढ्न थालेको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २७, आईतवार

आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘वर एन्ड वधु’को तीनवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । जसमध्ये दुईवटामा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य चित्रित छन् । एउटामा दुवै आमने-सामने भएर प्रेमिल भावमा देखिएका छन् भने अर्कोमा आँचललाई विवेकले काँधमा बोकेका छन् । यी दुई पोस्टरले उनीहरुको सम्बन्धलाई दर्शाउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २७, आईतवार

बसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘ज्वाइँ साब’लाई यस वर्षको तिहारमा रिलिजको तयारी गरिएको छ । तर, प्रदर्शन मिति भने घोषणा हुन बाँकी छ । यतिबेला पोस्ट प्रोडक्सनमा रहेको फिल्मको यसै साता रोमान्टिक गीत रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ गीतमा निशान भट्टराई र समिक्षा अधिकारीले स्वर भरेका छन् भने यादव लम्सालको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

Results : 1009 - 1014 of 22579