Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1009 - 1014 of 24142
फिल्मीखबर, काठमाडौं, 2025-11-03, सोमवार

यसपालिको दशैं र तिहारमा प्रदर्शन भएका सात फिल्मले घरेलु बक्स अफिसमा गरेको व्यापार सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको कात्तिक १५ गतेसम्मको तथ्यांकमा सबैभन्दा धेरै कमाइ फिल्म ‘जेरी अन टप’ले गरेको देखिन्छ । यसले ३ लाख ३३ हजार ६०५ वटा टिकट बिक्री गर्दै १० करोड ५१ लाख ४८ हजार कमाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-11-03, सोमवार

बाबु-छोराको भावनात्मक सम्बन्धमा आधारित फिल्म ‘परान’ले व्यापारमा सुधारका लागि बक्स अफिसमा संघर्ष गरिरहेको छ । आइतबारसम्म व्यापारिक रूपमा अपेक्षित परिणाम नदेखिए पनि फिल्मले भावनात्मक कथावस्तुका कारण दर्शकको मन जित्न सफल भएको छ । हलमा फिल्म हेर्न पुगेका धेरैजसो दर्शकको आँखामा आँसु देखिनुले यसको भावनात्मक प्रभावलाई दशाउँछ ।

फिल्मीखबर, काठमाडौं, 2025-11-02, आईतवार

आगामी मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ । टेक बी.सी. र प्रीती घिमिरेको युगल गायन रहेको यस गीतमा भिम बी.सी.को शब्द तथा संगीत छ । गीतले वर्तमान समयमा हुने छोटो प्रेम सम्बन्धप्रति व्यंग्य गर्दै उमेर ढल्किएका जोडीले एकअर्काप्रति गरेको कटाक्षलाई प्रस्तुत गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-11-02, आईतवार

कात्तिक २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘धागो’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरले आर्थिक अभावले सिर्जना गर्ने चुनौती र त्यससँग जुध्न गरिएको संघर्षलाई केन्द्रमा राख्दै हाँसो, खुसी र पीडाको मिश्रण प्रस्तुत गरेको छ । यसमा परिवारभित्रको भावनात्मक सम्बन्ध र सामाजिक संघर्षको पनि मार्मिक चित्रण छ ।

फिल्मीखबर, काठमाडौं, 2025-11-02, आईतवार

संगीतकारको रूपमा परिचित टंक बुढाथोकीले गायक अशोक दर्जीको अभिभावकत्व लिएपछि विभिन्न आरोपको सामना गर्नुपर्‍यो । अशोकको लोकप्रियताको आडमा आफू चर्चामा आउन खोजेको, अशोकलाई आफ्नो नियन्त्रणमा राखेको जस्ता आक्षेप अझै पनि उनीमाथि लागिरहेको छ। अब यी आरोपको एकमुष्ठ जवाफ उनले फिल्ममार्फत दिँदैछन् । त्यो फिल्म हो, ‘मन बिनाको धन’ ।

फिल्मीखबर, काठमाडौं, 2025-11-01, शनिवार

बलिउड अभिनेत्री ऐश्वर्या रायले शनिबार आफ्नो जन्मदिन मनाउँदैछिन् । ५२ वर्षमा प्रवेश गरेकी उनलाई सुन्दरता र प्रतिभाको उदाहरण मानिन्छ । सन् १९९४ मा मिस वर्ल्डको उपाधि जितेर विश्वभर आफ्नो पहिचान बनाएकी उनले बलिउडमा प्रवेश गरेपछि ‘देवदास’, ‘हम दिल दे चुके सनम’, ‘ताल’, ‘गुरु’ लगायतका थुप्रै सानदार फिल्ममा उम्दा अभिनय गरेर दर्शकको मन जितेकी छन् ।

Results : 1009 - 1014 of 24142