मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1003 - 1008 of 22578
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३०, बुधवार

छायांकनरत फिल्म ‘के घर के डेराः घर नम्बर २’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार निर्माताले आगामी माघ ११ गतेबाट फिल्मलाई रिलिन गरिने जानकारी गराए । फिल्मलाई यो मितिमा रिलिज गर्न लाग्नुको पछाडि माघ १६ गते सहिद दिवस र १७ गते सोनाम ल्होछारको विदा प्रमुख कारण हो । पहिला माघ ११ मा ‘अञ्जिला’ आउन लागेको थियो । तर, यो फिल्म पछाडि सरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २९, मंगलवार

यसपालिको दशैंको फूलपाती अर्थात् असोज २४ गते बक्स अफिसमा नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’पछि अब यो मितिमा अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा तयार भएको एक्सन प्रधान फिल्म ‘१२ गाउँ’ पनि प्रदर्शनमा आउने भएको छ । मंगलबार एउटा पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २९, मंगलवार

अभिनेता आसिफ शाह ७ वर्षपछि फिल्म अभिनयमा फर्किने भएका छन् । सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘जन्ते बाख्रो’बाट उनको पुनरागमन हुन लागेको हो । यसअघि उनी सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’मा देखिएका थिए । यसपछि उनको व्यस्तता रियालिटी शो उद्घोषण र म्यूजिक भिडियोमा रह्यो । उनी चाँडै फिल्म निर्माण गर्ने तयारीमा पनि छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २९, मंगलवार

आगामी भदौ २१ गते (तीजको दिन)देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतले त्रेता युगका रावण पात्रको वर्णन गरेको छ । यसमा अभिनेता पल शाह दोहोरो चरित्रमा देखिएका छन् । र, दुवैमा उनको गेटअप फरक छ । अभिनेत्री पूजा शर्मा पनि गीतमा प्रस्तुत छिन् । गीतको अन्तिममा निर्देशक सुदर्शन थापाको प्रवेशले ‘सरप्राइज’ दिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २९, मंगलवार

यस वर्षको दशैंमा फिल्म रिलिजको ठूलै चाप देखिने भएको छ । घटस्थापना अर्थात् असोज १७ मा दुई फिल्म रिलिज हुँदैछ । अब फूलपाती (असोज २४)मा पनि दुई फिल्म भिड्ने भएका छन् । यो मितिमा आउन लागेको ‘छक्का पञ्जा ५’सँग अर्को फिल्म ‘ज्वाइँ साब’ले प्रतिस्पर्धा गर्न लागेको हो । मंगलबार सार्वजनिक फर्स्टलुक पोस्टरमार्फत् फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २८, सोमवार

फिल्म निर्देशक सुदर्शन थापा र अभिनेत्री तथा सञ्चारकर्मी सुप्रिया कटुवाललाई पुत्री लाभ भएको छ । सोमबार पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा सुप्रियाले दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । सुदर्शनले फेसबुकमा आमा र छोरीको एक तस्विर साझेदार गर्दै आफू पिता बनेको खुसी साटेका छन् । उनले छोरीको नाम ‘प्रियांशी’ राखेको समेत जानकारी गराएका छन् ।

Results : 1003 - 1008 of 22578