मिति : २०८२ वैशाख २५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 997 - 1002 of 22582
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३२, शुक्रवार

नेपालमा फिल्मलाई पुनः प्रदर्शन गर्ने एकखालको ट्रेन्ड देखिएको छ । ‘छक्का पञ्जा २’, ‘चपली हाइट ३’, ‘आचार्य’, ‘बिहे पास’ जस्ता फिल्म पुनः प्रदर्शन गरिएका छन् । तर, नेपालमा पुनः प्रदर्शन भएका फिल्मले बक्स अफिसमा सुखद् व्यापार गर्न सकेका देखिँदैन । यसैबीच, शुक्रबारबाट गत वर्षको बैशाखमा २ दिनमा नै निर्माताले हलबाट उतारेको फिल्म ‘बुलाकी’ पुनः प्रदर्शनमा आएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३२, शुक्रवार

संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको मल्टीस्टारर फिल्म ‘ह्रस्व दीर्घ’ पोस्टपोन्ड भएको छ । हाल मुम्बईमा पोस्ट प्रोडक्सनको काम भइरहेको फिल्मको प्राविधिक टिमले प्राविधिक कामहरू सक्न अझै समय लाग्ने बताएपछि निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको अभिनेत्री एवं निर्मात्री नीता ढुंगानाले फेसबुकमार्फत् जानकारी गराएकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३१, बिहिवार

अभिनेता भुवन केसीको गत साउन ९ गते दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तालुकवाला निकाय सञ्चार मन्त्रालयले आवेदन मागेको थियो । बुधबार सकिएको समयसीमाभित्र ६ जनाले आवेदन दिएका छन् । करिश्मा मानन्धर, दिनेश डिसी, राजेश थापा, दीपा बस्नेत, अर्जुनकुमार डंगोल र प्रकाश भट्टराईले अध्यक्षमा आवेदन दिएका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३१, बिहिवार

आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सतीदेवी’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘माया बसेको रैछ’ बोलको गीतमा फिल्मकी मुख्य अभिनेत्री मलिका महत र नव-अभिनेता सन्दीप बाबु लोहानीबीचको प्रेमलाई दर्शाइएको छ । गीतमा लक्ष्मण सुवेदीको शब्द रचना, दीपक शर्माको संगीत तथा प्रताप दास र दीपा लामाको गायन छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३१, बिहिवार

बाबु साहेब बलामीको निर्देशनमा बनेको फिल्म ‘देव वाणी’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार रोमान्टिक गीतको एक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ७ गते फिल्म प्रदर्शनमा आउने जानकारी गराइयो । यसअघि ‘अग्निदहन’ र ‘तेल भिसा’ले यो मिति रोजिसकेका छन् । अब मंसिर ७ मा तीन फिल्मबीच भिडन्त हुनेछ । तर, यी तीनै फिल्म फरक-फरक विषयमा बनेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण ३१, बिहिवार

नेपाली निर्मातालाई कुनै चीजको सबैभन्दा बढी लोभ छ भने त्यो विदाको हो । क्यालेन्डरमा रातो देखेपछि लोभ जागिहाल्छ । अनि हानाथाप सुरु हुन्छ । दशैं र तिहार विदामा त सानोतिनो युद्ध नै देखिन्छ । अघिल्लो दशैंमा फिल्म रिलिज व्यवस्थित नै थियो । एउटै मितिमा भिड्न खोजेका ‘भष्मे डन’ र ‘परदेशी २’ पछि सहमतिमा रिलिज भए । तर, यसपालि सहमतिको वातावरण बन्ने देखिँदैन ।

Results : 997 - 1002 of 22582