
अघिल्लो साताको फिल्म ‘परान’ले हलमा बलियो पकड बनाइरहेको बेला शुक्रबारबाट फरक स्वादका दुई फिल्म दर्शकमाझ आएका छन् । उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ र टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा आएका हुन् । दुवै फिल्मप्रति दर्शकको उच्च चासो देखिएकाले बक्स अफिसमा सुखद् व्यापार हुने अनुमान गरिएको छ ।

गत वर्ष प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले बक्स अफिसमा व्यापारिक कीर्तिमान बनाएको थियो । सोही फिल्मका निर्माता समूहले निर्माण गरेको नयाँ फिल्म ‘अभिमन्यु’ले पनि रिलिज हुनु अगावै एउटा अनौठो कीर्तिमान बनाएको छ । यो फिल्मले सबैभन्दा धेरैपटक रिलिज मिति सारेर कीर्तिमान बनाएको हो । अहिलेसम्म चारपटक फिल्मको प्रदर्शन मिति हेरफेर भएको छ ।

फिल्म ‘होस्टेल ३’मा भिलेनको भूमिकाबाट दर्शकमाझ चिनिएका अभिनेता तथा तेक्वान्डो खेलाडी उमर खानलाई लिएर नयाँ फिल्म ‘कंगाल करोडपति’ बन्ने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो फिल्मको निर्माण घोषणा गरियो । राजु श्रेष्ठले फिल्मको निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ ।

२०७९ सालमा प्रदर्शन भएको फिल्म ‘जारी’ले ठूलो व्यावसायिक सफलता हासिल गरेपछि यसका निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले धेरै अन्तर्वार्तामा स्पष्ट रूपमा सिक्वेल नबनाउने उद्घोष गरेका थिए । तर, उनी आफ्नो अडानमा टिक्न सकेनन् । अन्ततः तीन वर्षपछि उनी ‘जारी’को सिक्वेल लिएर आउँदैछन्, जुन भोलि शुक्रबार (२१ कात्तिक)बाट प्रदर्शन हुँदैछ ।

भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन बिनाको धन’ले देशभरका हलहरूमा अपेक्षित शो नपाएपछि यसका निर्देशक टंक बुढाथोकीले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार बिहान फेसबुकमा एक पोस्टमार्फत उनले हल सञ्चालकहरूले आफ्नो फिल्मलाई नपत्याएको गुनासो गर्दै आफूलाई हराउन धेरै लागिपरेको उल्लेख गरेका छन् ।

सुदिप्ताको डेब्यु निर्देशनमा बनेको फिल्म ‘रमिताको पिरती’ आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर पनि सार्वजनिक गर्यो । प्रेम, विछोड र पीडाको भाव झल्किएको पोस्टरमा फिल्मका तीन मुख्य कलाकार आना शर्मा, विनय श्रेष्ठ र समीर श्रेष्ठ चित्रित छन् ।

