
अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ आउँदो कात्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ प्रदर्शन हुने भएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको प्रदर्शन मितिबारे जानकारी गराएको हो । परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथामा फिल्म आधारित रहेको जनाइएको छ ।

पछिल्लो समय नेपाली निर्माताहरूले फिल्म चलाउन आफैंले टिकट किन्ने प्रवृति मौलाएको छ । त्यसका लागि अचेल बजेट समेत छुट्याउन थालिएको चर्चा छ । केही महिनाअघि कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले १०–१२ लाखको टिकट किनेको खुलासा गरेपछि त्यसले फिल्म क्षेत्रमा ठूलो तरङ्ग ल्याएको थियो ।

गत असारमा प्रदर्शन भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’को समूहले नयाँ फिल्मको घोषणा गरेको छ । बिहीबार बालाजुस्थित अष्टनारायण हलमा आयोजित एक कार्यक्रमका बीच एआई जेनरेटेड पोस्टर सार्वजनिक गर्दै फिल्म ‘स्वाहा’ निर्माणको घोषणा गरिएको हो । यो नामको अर्थ विनाश वा सर्वनाश भन्ने हुन्छ ।

आगामी असोज ३ गते प्रदर्शन हुने भनिएको फिल्म ‘सोल्टिनी’ एक महिना पछाडि धकेलिएको छ । उक्त मितिमा ‘जारी २’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो । अब यो फिल्म भाइटीकाको दिन पारेर आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ । शुक्रबार फिल्मको चारवटा पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराइएको हो ।

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ फिल्म ‘अभिमन्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजनापछि निर्माण कम्पनी सेभेन सिज सिनेमाकै युट्युब च्यानलबाट सार्वजनिक ३ मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे केही संकेत गरेको छ ।

यसपालिको दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गरिएको छ । यो ६ दशकअघि बनेको फिल्म ‘माइतीघर’कै गीत हो, जसलाई यसपटक निर्माता रोहित अधिकारी र उनको टिमले नयाँ शैलीमा पुनः बजारमा ल्याएको हो । यो गीतले पुरानो धुनमा नयाँ ऊर्जा थपिएको अनुभूति गराउँछ ।

