मिति : २०८२ वैशाख २५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1021 - 1026 of 22582
फिल्मीखबर डटकम, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार
संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'ह्रस्व दीर्घ'को पहिलो गीत सार्वजनिक गरिएको छ। नाग पञ्चमीको अवसरमा सार्वजनिक भएको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा नायिका निता ढुंगाना र नायक हरिहर अधिकारी फिचर्ड छन्। गीतले दर्शकहरूलाई उत्साहित बनाएको छ।
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार
नेपाली फिल्म 'रावायण'को दोस्रो पोस्टर सार्वजनिक भएको छ। आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्ममा नायक पल शाह र नायिका पूजा शर्मा प्रमुख भूमिकामा देखिएका छन्। पोस्टरमा पल शाहलाई गम्भीर भावमा प्रस्तुत गरिएको छ, भने पूजा शर्मा आक्रोशित मुद्रामा देखिएकी छन्, जसले फिल्मको कथावस्तुलाई सङ्केत गर्दछ।
फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार

मल्टीस्टारर फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु गरिएको छ । नाग पञ्चमीको अवसर पारेर शुक्रबार ललितपुरको भैसेँपाटीस्थित कार्यविनायक मन्दिरमा मुहूर्त गरेपश्चात् गोदाबरीबाट छायांकन थालिएको हो । पहिलो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ । उनीहरुको लगभग एक दशकपछि फिल्ममा सहकार्य भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार

नेपालमा प्रदर्शनपचात् फिल्म ‘घरज्वाइँ’ले विदेशको फन्को लगाउन सुरु गरिसकेको छ । अमेरिका, डेनमार्क जस्ता देशपछि अब जापानमा फिल्मलाई प्रदर्शन गरिने भएको छ । आगामी आइतबार (अगस्ट ११) जापानको राजधानी टोकियोमा फिल्मको पहिलो प्रदर्शन हुन लागेको निर्माता जनक घर्ती मगरले जानकारी दिए । जापानभरि नेपाल मगर संघ जापानले फिल्मलाई प्रदर्शन गर्नेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार

कुनै बेला महिलाप्रधान फिल्म विरलै बन्थे । अभिनेत्रीलाई केन्द्रमा राखेर फिल्म बनाए सफल नै हुँदैन भन्ने भाष्य बनेको थियो । तर, यतिबेला सिनारियो अलग छ । केही वर्षयता महिला केन्द्रित फिल्मले बक्स अफिसमा चमत्कारी व्यापार गरिरहेका छन् । चाहे त्यो ‘झिँगेदाउ’ होस् अथवा ‘बोक्सीको घर’ । यसैले यतिबेला महिलाको कथामा आधारित फिल्महरु श्रृंखलाबद्ध रुपमा आइरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ श्रावण २५, शुक्रवार

वर्षातका बावजूद पनि साउन महिनामा फिल्मको खडेरी देखिएको छैन । हरेक हप्ता फिल्म रिलिज भैरहेका छन् । तर, व्यापारमा भने खडेरी नै देखिन्छ । साउन पहिलो र दोस्रो हप्ता आएका फिल्म (ईश्वर र मोदीबेनी)ले पोस्टर छपाईको पनि पैसा उठाएनन् । अब साउनका लागि तेस्रो फिल्मको रुपमा ‘नम्बरी सुन’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो फिल्मले सोलो रिलिज पाएको छ ।

Results : 1021 - 1026 of 22582