Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कटरीनाको हरर फिल्म नगर्ने अडान

एजेन्सी, मुम्बई, 2019/06/12
 
बलिउड अभिनेत्री कटरीना कैफ केही दिनदेखि बलिउडमा राम्रै छाएकी छन् । इदमा रिलिज भएको उनी अभिनीत फिल्म 'भारत' ले अहिले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । फिल्मले प्रदर्शनको ६ दिनमा भारतबाट मात्र १ सय ५९ करोडको व्यापार गरिसकेको छ । फिल्मले चाँडै दुई सयको आँकडा पार गर्ने ट्रेड एनालिस्टहरुको अनुमान छ । 
 
प्रायः एक्सन र लभस्टोरी फिल्ममा काम गरिरहेकी अभिनेत्री कटरीना कैफले अहिलेसम्म हरर फिल्म भने गरेकी छैनन् । उनी आफू कहिल्यै हरर फिल्म नगर्ने बताउँछिन् । उनी भन्छिन्, 'म सजिलै डराउँछु, त्यसैले हरर फिल्मबाट टाढै बस्छु । र, म कहिल्यै हरर फिल्म पनि गर्ने छैन ।' उनले डरका कारण अहिलेसम्म हरर फिल्म समेत हेरेकी छैनन् । 
 
उनी भन्छिन्, 'म निकै डराउँछु । हरर फिल्म हेर्न सक्दिनँ र आजसम्म हेरेको पनि छैन ।' अभिनेत्रीले आफूलाई मनपर्ने फिल्मबारे बताउँदै भनिन्, 'जूलिया रोबर्ट्स, मेग रयान, हग ग्रान्टका फिल्मले वास्तवमा तपाईंको मुडलाई ठिक गर्न सक्छ । 'स्लीपलेस इन सेटर', 'प्रीटी वूमन', 'फोर वेडिग एन्ड ए फ्यूनेरल' फिल्ममा एक बचपना, सत्यता र हर्षित गर्ने ल्याकत छ ।'
 
उनले आफू क्लासिक फिल्मको पनि निकै ठूलो प्रशंसक रहेको बताइन् । हलिउड फिल्म 'गान विद द विण्ड' हेरेपछि आफूलाई कलाकार बन्ने विचार आएको उनी बताउँछिन् । कटरीनाको वर्क फ्रन्टको कुरा गर्ने हो भने उनी अब रोहित शेट्टीको फिल्म 'सूर्यवंशी' मा लामो समयपछि अभिनेता अक्षय कुमारसँग देखिँदैछिन् । 'भारत' अघि उनले फिल्म 'जीरो' गरेकी थिइन् । 
Most Visited News (monthly)