Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थ्रिलर कथामा ‘पायल’ बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2019/06/12
 
दिनेश लिङ्देनको निर्देशनमा थ्रिलर कथामा फिल्म ‘पायल’ बन्ने भएको छ । यस फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभसाइत गरिएको छ । शुक्रबारदेखि औपचारिक रुपमा छायांकन सुरु हुने फिल्म काठमाडौं उपत्यकासँगै पूर्वका विभिन्न ठाँउहरुमा छायांकन गरिने निर्देशक लिङ्देनले जानकारी दिए । 
 
फिल्मका लेखक समेत रहेका लिङ्देनले समाजमा घटिरहेका विद्यमान आपराधिक घटनाहरूलाई समेटेर फिल्म बनाउन लागेको बताए । कविता राई लिङ्देनको लगानी रहने फिल्ममा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलिप ठकुरीलगायतको अभिनय रहनेछ । 
 
फिल्मका लागि नव नायक नरेन्द्र सेन्दाङ अमेरिकाबाट नेपाल आएका छन् । उनकै पहलमा नेपालअघि फिल्मलाई हङकङ, अमेरिका, सिंगापुर, बेल्जियम प्रदर्शन गरिनेछ । सुमित लिङ्देन र सुदिता लिङ्देन प्रस्तुतकर्ता रहेको फिल्ममा विकास चौधरीको संगीत, ज्ञानु राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व, दिनेश माङ्मुको नृत्य रहनेछ । 
Most Visited News (monthly)