Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जाम्न माया जाम’ ले ‘मारुनी’ को हाइप कति बढायो ?

फिल्मीखबर, काठमाण्डौ, 2019/06/18
कुनै पनि फिल्मको हाइप निर्माण गर्न गीतसंगीतको ठूलो भूमिका हुन्छ । गीतले फिल्मलाई दर्शकमाझ प्रतिक्षीत बनाउन सक्छ । गीत हिट भएको खण्डमा त्यसको प्रत्यक्ष असर फिल्मको व्यापारमा पनि पर्छ । यसैले निर्माताहरु गीत छनोट गर्न र उत्कृष्ट बनाउन कुनै कसर छाड्दैनन् । गीत राम्रो बने फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने सोचाई फिल्ममेकरमा व्याप्त छ । 
 
 
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको प्रमुख भूमिका रहेको फिल्म ‘मारुनी’ को पहिलो गीत ‘जाम्न माया जाम’ ले केही दिनयता राम्रै चर्चा बटुलिरहेको छ । एक हप्ता अगाडि युट्युब रिलिज भएको यो गीतमाथि अहिलेसम्म साढे १२ लाखभन्दा बढीको नजर परेको छ । युट्युब ट्रेन्डिङको २४ औैं स्थानमा विराजमान यस गीतमा 'मनमगन' गायक दीपक बज्रचार्यको स्वर र संगीत छ भने रिक्की शाक्यको शब्द छ । 
 
निर्माण अगावैदेखि स्टारकास्टलाई लिएर चर्चामा रहेको ‘मारुनी’ को लोभलाग्दो हाइप निर्माण गर्न सार्वजनिक गीतले ठूलो भूमिका खेलेको छ । गीतमा पुष्प र साम्राज्ञीको नृत्य र जोडीको निकै प्रशंसा भइरहेको छ । गीतलाई मिलेको सकारात्मक प्रतिक्रियाले निर्माण टिम निकै हौसिएको छ । निर्मात्री पुनम गौतम गीतले फिल्मको व्यापारमा फाइदा पुग्नेमा विश्वस्त छिन् । अझै यस फिल्मको दुई गीत रिलिज हुन बाँकी छन् । 
 
गीतलाई अहिलेसम्म २३ हजार लाइक्स मिलेको छ भने १४ सय बढीले कमेन्ट लेखेका छन् । पब्लिक कमेन्ट बक्समा एकाधबाहेक अधिकांश तारिफले भरिएका कमेन्ट छन् । प्रायःले पुष्पको नृत्यको प्रशंसा गरेका छन् । उनको डान्स स्टेपले धेरैलाई लोभ्याएको छ । गीतमा प्रविन सिंहको कोरियोग्राफी छ । गीतका कारण नेपाली फिल्मले राम्रो व्यापार गरेका धेरै उदाहरण छन् । ‘मारुनी’ को भविष्य के होला ? धेरैलाई चासो छ । 
 
नारी संवेदनामाथि फिल्म बनाउन सिपालु मानिने निर्देशक नवल नेपालले यस फिल्मलाई निर्देशन गरेका हुन् । यसअघि उनले फिल्म ‘मंगलम’ निर्देशन गरेका थिए । फिल्ममा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्ममा रेविका गुरुङको पनि प्रमुख भूमिका छ । फिल्म भदौ १३ मा रिलिज हुँदैछ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)