Most Recent News Headlines
Results : 9985 - 9990 of 24024

फिल्मीखबर, काठमाण्डौ, 2019-04-26, शुक्रवार
वर्षौदेखि नेपाली बजारमा विदेशी फिल्मले आफ्नो वर्चश्व कायम गरिरहेको छ । नेपाली फिल्मले घरेलु बजारबाट लगानी पनि उठाउन हम्मेहम्मे परिरहेको अवस्थामा विदेशी फिल्मले भने करोडौं छापिरहेका छन् । गुणस्तरिय नेपाली फिल्म बन्न छाड्नुले नै घरेलु दर्शक विदेशी फिल्मतर्फ आकर्षित भएको कतिपयको बुझाई छ । एकै दिन नेपाली र विदेशी फिल्म रिलिज हुँदा अझैसम्म पनि नेपाली दर्शकको पहिलो रोजाई आफ्नै मुलुकको फिल्म बन्न सकेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-26, शुक्रवार
नयाँ वर्ष २०७५ को अन्तिम हप्ता प्रदर्शनमा आएको दुई नेपाली फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ पछि कुनै नयाँ फिल्म प्रदर्शनमा आएका छैनन् । यस हप्ताका लागि शुक्रवारबाट भने एक नयाँ र एक फिल्म रि-रिलिज भएको छ । नयाँ फिल्ममा ‘कालो वर्ष’ छ भने २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा आएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-25, बिहिवार
गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ शुक्रवारबाट पुनः प्रदर्शनमा आउँदैछ । हलिउडको प्रतिक्षीत फिल्म ‘एभेन्जर्स – इन्ड गेम’ को डरले कुनै ठूला र आश गरिएका नेपाली फिल्म रिलिज नहुने भएपछि दीपकराज गिरीको टिमले दर्शकको अत्याधिक माग रहेको बताउँदै बैशाख १३ (भोली) लाई फिल्म ‘छक्का पञ्जा २’ को रि-रिलिजको डेट तोकेको थियो । यसअघि यो डेटमा फिल्म 'दाल भात तरकारी' आउने निश्चित भएको थियो तर, ‘एभेन्जर्स’ को डरले एक साता पछाडि सर्यो ।

फिल्मीखबर, काठमाडौं, 2019-04-25, बिहिवार
यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, मित्रता, कमेडी, बदला सबै समेटिएको छ । पूर्णरुपमा कमर्शियल भ्यालु देखिएको ट्रेलरमा अभिनेता द्वय पल शाह र नाजिर हुसेनको मित्रतालाई निकै रोमाञ्चक र मन छुने ढंगबाट देखाइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-25, बिहिवार
बलिउडका महानायक अमिताभ बच्चन ७१ वर्षको उमेरमा पनि हरेक रोलमा ज्यान दिनसक्ने क्षमता राख्दछन् । अब उनी तमिल हरर कमेडी फिल्म ‘कञ्चना’ को हिन्दी रिमेकमा देखिने खबर बाहिरिएको छ । यति मात्र नभएर उनले यो फिल्ममा पहिलो ट्रान्सजेन्डरको रोल निभाउनेछन् । साथै, अभिनेता अक्षय कुमारसँग उनी १२ वर्षपछि ठूलो पर्दामा देखिनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-25, बिहिवार
विभिन्न एयरलाइन्सबाट विदेशी मुलुक जाँदा नेपालीहरुले आफ्नो मुलुकमा बनेको फिल्म हेर्न पाउँदैनन् । अरु देशमा निर्माण भएका विभिन्न भाषाका फिल्म हेरेर मनोरञ्जन लिनुपर्ने बाध्यता छ । तर, अब नेपाल वा अन्य देशबाट युएइ उड्दा वा फर्किँदा नेपाली फिल्म हेर्न पाइने भएको छ । यूएइको एक एयरलाइन्सले नेपाली फिल्म खरिद गर्न थालेको छ ।
Most Visited News (monthly)

