एडल्ट स्टारबाट बलिउड स्टार बनेकी हट एण्ड बोल्ड अभिनेत्री सन्नी लियोनी प्रायः नेपाल आइरहेकी हुन्छिन् । कहिले विभिन्न रमणीय स्थान घुम्न त कहिले आफू ब्रान्ड एम्बसेडर रहेको कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्न उनी बाक्लै नेपाल आउने गरेकी छन् । नेपाल भ्रमणमा रहँदा उनले सधैं नेपाली फिल्ममा काम गर्न इच्छा व्यक्त गर्दथिन् । फिल्म ‘पासवर्ड’ बाट उनले नेपाली फिल्मको हिस्सा बन्ने अवसर पाएकी छन् ।
(1).jpg)
यस फिल्ममा समावेश ‘आजको शाम’ बोलको गीतमा उनले ठुम्का लगाएकी छन् । यसका लागि उनले भारतीय २ करोड बुझेको निर्माण टिमले बताएको छ । गएको चार दिन अगाडि युट्युब रिलिज भएको यस गीतले अहिलेसम्म साढे १३ लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ । गीतलाई मिश्रित प्रतिक्रिया मिलेको छ । चार हजार बढी कमेन्टमा अधिकांशले सन्नीको नृत्यको प्रशंसा गरेका छन् । भने, कतिले गीतको शब्द नबुझेको बताएका छन् ।
यस गीतको छायांकनका लागि सन्नी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर भारतबाट लण्डन पुगेकी थिइन् । अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द रहेको गीतको अडियो सुनेपछि नै सन्नीले उत्साहित हुँदै तारिफले भरिएको एक ट्विट गरेकी थिइन् । युट्युबमा सार्वजनिक भएको उक्त गीतको भिडियो ट्विटमा आइतबार साझेदार गर्दै उनले नेपाली फिल्मको हिस्सा बन्न पाउँदा गर्व लागेको बताएकी छन् ।
So Happy to share my new song for the Nepali movie 'Password'.. as many of you know my Love for Nepal and therfore I’m proud to be a part of the Nepalese film World. Such great talent coming from Nepal. Stay tuned !!!https://t.co/CsMIUUxYvg
— Sunny Leone (@SunnyLeone) June 14, 2019
उनले लेखेकी छन्, ‘नेपाली फिल्म ‘पासवर्ड’ को गीत साझा गर्न पाएकोमा म निकै खुसी छु । किनकि, तपाईंहरु मेरो नेपालप्रतिको प्रेम जान्नुहुन्छ । योसँगै मलाई नेपाली फिल्म वर्ल्डको हिस्सा बन्न पाएकोमा गर्व महशुस भएको छ । नेपालमा महान प्रतिभाहरुहरुको जन्म भइरहेको छ ।’ उनले नृत्य गरेको फिल्म ‘पासवर्ड’ भाद्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ । सन्नी यस फिल्मको प्रिमियरका लागि नेपाल आउने निर्माण टिमले बताएको छ ।
सार्वजनिक ‘आजको शाम’ बोलको गीतमा सन्नीसँग फिल्मका लिड अभिनेता बिक्रम जोशी (विक्की) ठुम्का लगाएका छन् । अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि गीतमा देख्न सकिन्छ । यस फिल्मका निर्देशक सम्राट बस्नेत हुन् । यसलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् । फिल्ममा सौरभ लामाको छायांकन छ ।
गीत हेर्नुहोस् :-

