Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लभ यू हमेशा’ पोस्टरमा यशराजको रोमान्टिक अवतार

फिल्मीखबर, काठमाण्डौ, 2019/06/17
 
रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको ‘लभ यू हमेशा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । भाष्कर प्रधान निर्देशित फिल्म आउँदो भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने निश्चित भएको छ । प्रदर्शन मितिसँगै निर्माण टिमले सोमबार फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टर रोमान्टिक थिममा तयार पारिएको छ । 
 
विभिन्न डिजाइनका पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हाइलाइट गरिएको छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह-निर्माता रहेको फिल्ममा शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङको पनि अभिनय छ । 
 
भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा सुटिङ भएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिँदैछ । निर्देशक भास्करकै कथा, शिव ढकालको छायांकन, एनवि महर्जनको द्वन्द्व निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । ‘लभ यू हमेशा’ को वितरण आरआर फिल्मस्ले गर्दैछ ।
Most Visited News (monthly)