Most Recent News Headlines
Results : 9979 - 9984 of 24024

फिल्मीखबर, काठमाण्डौ, 2019-04-27, शनिवार
सलमान खान अभिनीत फिल्म ‘दबंग ३’ २० डिसेम्बरमा प्रदर्शनमा आउने निश्चित भएको छ । शुक्रवार सलमानले आफ्नो आधिकारिक फेसबुक, ट्विटर, इन्टाग्राममार्फत् फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । यो मितिमा निर्माता तथा निर्देशक करण जोहरको तीन भागमा बन्न लागेको फिल्म 'ब्रह्मास्त्र' को पहिलो भाग पनि प्रदर्शनमा आउने चर्चा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-27, शनिवार
गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ युट्युबमा रिलिज नगरेर दीपकराज गिरीको समुहले शुक्रवारबाट पुनः हलमा प्रदर्शन गरेको छ । हलिउडको ठूलो फिल्म ‘एभेन्जर्स – इन्ड गेम’ को डरले नेपालको ठूलो फिल्म 'दाल भात तरकारी' ले समेत रिलिज हेरफेर गरेपछि दीपकले ‘छक्का पञ्जा २’ शुक्रवार पुनः प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2019-04-27, शनिवार
राजबहादुर सानेको निर्देशनमा सस्पेन्स कथामा फिल्म ‘मन्द–मन्द’ निर्माण हुने भएको छ । निर्देशक सानेकै कथामा आधारित भएर बन्ने फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा अनुबन्धित भइसकेका छन् भने केही कलाकार छनोट कार्य हुँदैछ । फिल्मको छायांकन बैशाख तेस्रो साताबाट हुने बताइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-26, शुक्रवार
‘जात्रा’ र ‘शत्रु गते’ मार्फत् आफूलाई सफल निर्देशकको रुपमा चिनाएका प्रदीप भट्टराई निर्देशित नयाँ फिल्म ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कमेडी हाबी छ । अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् । भने, विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् । ट्रेलरमा रबिन्द्रले बोलेका संवादहरु रमाइला छन् । फिल्म जेठ ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-26, शुक्रवार
सौन्दर्य प्रतियोगिता मिस नेपाललाई नेपाली फिल्म क्षेत्रका लागि अभिनेत्री उत्पादन गर्ने 'फ्याक्ट्री' भन्ने गरिन्छ । किनकि, मिस नेपालले नेपाली फिल्मका लागि थुप्रै अभिनेत्रीलाई जन्म दिएको छ । मिस नेपालको ताज जितेका प्रायः सुन्दरीहरु अहिले नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् । रुवी राणादेखि सृष्टि श्रेष्ठसम्म यसका उदाहरण हुन् । सन् २०१७ की मिस नेपाल नीकिता चाण्डकले पनि चाँडै अभिनेता विराज भट्टसँग एक फिल्ममा जोडी बाँध्दैछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-26, शुक्रवार
बैशाख २० गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिष्ठित ब्यानर मह सञ्चारले निर्माण गरेको यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘दाल भात तरकारी’ को आइटम गीत सार्वजनिक भएको छ । ‘एन्टिबायोटिक खाऊँला’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीले बोल्ड ठुम्का लगाएकी छन् । गीतमा मिना निरौलाको स्वर छ । गीतको शब्द बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले लेखेका हुन् भने शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् ।
Most Visited News (monthly)

