Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गुलाबो सिताबो’ मा चिन्नै गाह्रो हुने अमिताभको लुक्स

एजेन्सी, मुम्बई, 2019/06/21
 
अभिनेता द्वय अमिताभ बच्चन र आयुष्मान खुरानाको नयाँ फिल्म ‘गुलाबो सिताबो’ छायांकन सुरु भएसँगै चर्चामा छ । हाल फिल्मको टिम लखनऊ पुगेर धमाधम छायांकन गरिरहेको छ । यसबीच, फिल्मको सेटबाट अमिताभको फर्स्टलुक बाहिर आएको छ । उनको लुक्स जबरजस्त छ । उनलाई सजिलै चिन्न निकै गाह्रो हुन्छ । 
 
निर्देशक शूजित सरकारले आयुष्मान खुराना र अमिताभ बच्चनलाई लिएर कमेडी फिल्म बनाउन लागेका हुन् । अमिताभको फर्स्टलुक रिलिज भएसँगै फिल्मलाई लिएर दर्शकमा उत्सुकता बढेको छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तश्विरमा अमिताभ बृद्धको गेटअपमा देखिएका छन् । 
 
उनको लुक्स यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । र, दर्शकले निकै रुचाएका पनि छन् । २४ अप्रिल २०२० मा रिलिज हुने फिल्मको कथा जूही चतुर्वेदीले लेखेका हुन् । फिल्ममा अमिताभले एक घरको मालिकको भूमिका निभाएका छन् । आयुष्मान त्यही घरमा भाडामा बस्ने युवकको भूमिकामा छन् । 
 
आयुष्मान खुरानाले यो फिल्मभन्दा पहिला शूजित सरकारसँग फिल्म 'विक्की डोनर' मा काम गरेका थिए । अमिताभ बच्चन र शूजितको भने 'पीकू' जस्तो सफल फिल्ममा सहकार्य भएको थियो । अमिताभ र आयुष्मानले भने पहिलो पटक ‘गुलाबो सिताबो’  मा काम गरेका हुन् । दुईलाई पर्दामा हेर्न दर्शक निकै आतुर छन् । 
Most Visited News (monthly)