Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबीर सिंह’ को बम्पर ओपनिङ

एजेन्सी, मुम्बई, 2019/06/22
 
बलिउड सुपरस्टार शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा पहिलो दिन बम्पर ओपनिङ गरेको छ । फिल्मलाई दर्शक र समीक्षकबाट सानदार रेस्पोन्स मिलेको छ । यो फिल्मले शाहिदको अहिलेसम्मकै सबै फिल्मको ओपनिङ रेकर्ड समेत तोडेको छ । पहिलो दिन नै भारतमा फिल्मले २० करोड २१ लाख छापेको छ । 
 
सानदार ओपनिङसँगै यो फिल्म वर्ष २०१९ को सबैभन्दा ठूलो ओपनिङ हासिल गर्ने फिल्मको लिस्टमा समेत सामेल भएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले भारतमा ३ हजार १ सय २३ स्क्रिन पाएको छ । ओभरसिजमा यो फिल्म ४९३ पर्दामा लागेको छ । सन्दिप वंगा निर्देशित यस फिल्मलाई विश्वभर ३६ सय १६ स्क्रिन मिलेको छ । 
 
वर्ष २०१९ मा सबैभन्दा ठूलो ओपनिङ हासिल गर्ने फिल्मको लिस्टमा शाहिदको फिल्म चौथो नम्बरमा छ । यो वर्ष बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म 'भारत' लाई सबैभन्दा ठूलो ओपनिङ मिलेको थियो । फिल्मले पहिलो दिनै ४२ करोड ३० लाखको व्यापार गरेको थियो । दोस्रो नम्बरमा 'कलंक' (२१.६०) र तेस्रोमा 'केसरी' (२१.०६) छ । 
 
२ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म 'अर्जुन रेड्डी' ले एक्टर विजय देवराकोन्डालाई रातारात तेलुगू इन्डस्ट्रीको स्टार बनाएको थियो । ‘कबीर सिंह’ यही फिल्मको हिन्दी रिमेक हो । यो फिल्म कबीर राजवीर सिंह नामक एक डाक्टरको कहानीमा आधारित छ । फिल्मकी लिड हिरोइन कियारा आडवाणी हुन् । फिल्ममा शाहिदको अभिनय जबरजस्त छ ।
Most Visited News (monthly)