Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र आकाशमा पूजा कसकी बेहुली ?

फिल्मीखबर, काठमाण्डौ, 2019/06/22
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले तेस्रो पटक सहकार्य गरेको फिल्म 'पोइ पर्‍यो काले' को छायांकन पूरा भएको छ । एक गीत खिच्न बाँकी राख्दै शुक्रबारबाट फिल्म प्याकअप भएको निर्देशक शिशिर राणाले जानकारी दिए । आउँदो कात्तिक ८ गते दिपावलीमा फिल्म रिलिज हुँदैछ । 'रियल जोडी' सौगात मल्ल र सृष्टि श्रेष्ठको पनि यसमा अभिनय छ । 
 
 
छायांकन सकिएसँगै निर्माण टिमले फिल्मप्रति दर्शकको कौतुहलता बढाउने केही तश्विर बाहिर ल्याएको छ । सार्वजनिक तश्विरमा पूजालाई बेहुलीको पहिरनमा देख्न सकिन्छ । भने, आकाश र सौगात बेहुलाको भेषमा देखिएका छन् । एक तश्विरमा आकाश र पूजालाई दुलहा-दुलहीको पहिरनमा रोमान्टिक मुडमा देख्न सकिन्छ । सौगात भने एक्लै देखिएका छन् । 
 
'पोइ पर्‍यो काले' मा सौगात र पूजा श्रीमान्-श्रीमतीको भूमिकामा रहेको चर्चा छ । तर, निर्माण टिमले सार्वजनिक गरेको तश्विरले पूजाको श्रीमान् आकाश हुन् वा सौगात भन्नेमा दोधार बनाउँछ । निर्देशक राणा फिल्म हेरेपछि यसको जवाफ पाउने बताउँछन् । फिल्मको मुख्य ट्विस्ट नै यही रहेको उनको भनाई छ । यस फिल्मको मूल कथा भने सौगातको वरिपरि घुमेको छ । 
 
पहिलो पटक पूजा र सौगातलाई ठूलो पर्दामा हेर्न दर्शक निकै आतुर छन् । सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । फिल्मको कथा निर्देशक राणा स्वयंले लेखेका हुन् । शिव ढकालले फिल्म खिचेका हुन् । फिल्मका गीतमा सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । 
 
 
 
तारा प्रकाश 'किम्भे' को सम्पादन रहने फिल्मको प्रस्तुतकर्तामा श्याम बहादुर थापा रहेका छन् । दिपक मनाङ्गे र अ. देवि राई निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार छन् । सह-निर्मातामा अर्जुन खनिया र देव तामाङ रहेका छन् । निर्देशक राणा ‘पोइ पर्‍यो काले’ कमेडी कथावस्तुमा आधारित भएर बनेको बताउँछन् । यस फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । 
Most Visited News (monthly)