Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ ‘एकलव्य’ को ‘पूर्वै चल्न्या रेल’ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/06/24
आउँदो साउन १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘एकलव्य’ को लोक फ्लेवरको पहिलो गीत सार्वजनिक भएको छ । ‘पूर्वै चल्न्या रेल...’ बोलको गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर भरेका छन् । भने, राजेन्द्र बजगाईंको शब्द तथा संगीत छ । गीतको भिडियोमा फिल्मका अभिनेता सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईले ठुम्का लगाएका छन् । 
 
 
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सय बढी कोरसले सोनाम र सन्ध्यालाई साथ दिएका छन् । गीतअनुसार कलाकारको नृत्य पनि लोक शैलीकै छ । गीतले फिल्मको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने निर्माण टिमको विश्वास छ । ‘एकलव्य’ लाई अनमोल शर्माले निर्देशन गरेका हुन् । यसअघि उनले दर्जन बढी फिल्ममा सहायक निर्देशक भएर काम गरेका थिए । 
 
पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा सोनामसँगै ओसिन भट्टराई, महिला सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । ‘एकलव्य’ लाई राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले निर्माण गरेका हुन् । कविराजसँगै रामजी लामिछानेको पनि फिल्मका गीतमा कोरियोग्राफी छ ।
 
राजेन्द्र बजगाईंको गीत तथा संगीत, भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । फिल्मलाई लिएर नव-अभिनेता सोनाम निकै उत्साहित छन् । उनी फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गर्छन् । निर्देशक अनमोल फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको बताउँछन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)