Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मालिका’ निर्माता नरबहादुर पक्राउ

फिल्मीखबर, काठमाण्डौ, 2019/06/24
 
अभिनेत्री रेखा थापा निर्देशित तथा अभिनीत फिल्म ‘मालिका’ का निर्माता तथा कलाकार नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको हो । 
 
सरकारले गएको फागुन २८ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । त्यसयता कार्कीले सामाजिक सञ्जालमा सरकार र प्रहरीलाई लक्षित गरेर फेसबुकमा आक्रोशपूर्ण ‘स्टाटस’ लेख्दै आएका थिए । प्रहरीले अनुसन्धानका लागि कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनी विरुद्ध कुन मुद्धा चलाउने भन्ने प्रहरीले निधो गरिसकेको छ । 
 
पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक मध्येका एक हुन् । उनी गएको वर्ष एक भव्य कार्यक्रमका बीच विप्लव समूहमा प्रवेश गरेका थिए । फिल्म ‘मालिका’ को उनले कथा समेत लेखेका थिए । 
Most Visited News (monthly)