Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

जब पूर्व प्रेमिका संगीताको बर्थडेमा सलमान पुगे...

एजेन्सी, मुम्बई, 2019/07/11
 
सुपरस्टार सलमान खानकी पूर्व प्रेमिका तथा बलिउड अभिनेत्री संगीता बिजलानीले बुधबार आफ्नो जन्मदिन सेलिब्रेट गरिन् । उनको विशेष दिनलाई सलमानले अझ विशेष बनाइदिएका छन् । बर्थडे पार्टीमा सलमान स्वयं पुगेका थिए र खुलेर रमाएका थिए । संगीताको बर्थडे सेलिब्रेसनमा बलिउडका अन्य कलाकारहरुको पनि उपस्थिति थियो । 
 
सोसल मिडियामा संगीताको बर्थडे सेलिब्रेसनका केही तश्बिरहरु निकै भाइरल भएका छन् । बर्थडे पार्टीमा सलमानसँगै उनको गर्लफ्रेन्ड यूलिया वन्तूर, डेजी शाह, सुदीप सञ्जीव, साजिद नाडियावाला र मोहनीश बहललगायतका सेलिब्रेटी उपस्थित थिए । एक तश्विरमा सलमान र संगीता दुबै एकसाथ देखिएका छन् । सलमानको काँधमा संगीताले हात राखेकी छन् । 
 

 
उक्त पार्टीमा प्रभुदेवा पनि उपस्थित थिए । चर्चित गीत 'उवर्शी' मा उनीसँग सलमान खान डान्स गर्दै देखिएका छन् । उनीसँग तेलुगू फिल्मका सुपरस्टार सुदीप सञ्जीव र निर्देशक साजिड वाडियावालाले पनि डान्स गरेका छन् ।  यो मिडियो सलमानले आफ्नो इन्स्टाग्राममा साझेदार गरेका छन् र लेखेका छन्, 'आफैंले मास्टरसँग डान्स क्लास लिएँ ।' 
 
सलमान र संगीताले एकअकासँग कयौं वर्षसम्म डेट गरेका थिए । सन् १९९४ मा दुई विवाह गर्ने तयारीमा पनि थिए । तर, एक्ट्रेस सोमी अलीसँग सलमान नजिकिँएपछि संगीताले विवाह नगर्ने निर्णय लिएकी थिइन् । पछि संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग विवाह गरिन् । तर, सन् २०१० मा दुईको डिभोर्स भयो । अहिले सलमान र संगीता निकै नजिक छन् । 
Most Visited News (monthly)