Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.12/5.00)
Text size:-
+
-

खगेन्द्रको अवार्ड बहिष्कार शैली कस्तो ?

फिल्मीखबर, काठमाण्डौ, 2019/07/15
अभिनेता खगेन्द्र लामिछानेलाई बलिउड अभिनेता आमिर खानसँग दाँज्ने गरिन्छ । स्वभाव लगभग मिल्दोजुल्दो भएका कारण पनि खगेन्द्रलाई आमिरसँग दाँजिएको हो । दुबै मौलिक फिल्ममा अभिनय गर्न रुचाउँछन् । थोरै गर्छन् तर सम्झनलायक गर्छन् । आमिर र खगेन्द्र दुबै आफूले अभिनय गरेका फिल्मको कार्यक्रमभन्दा बाहेक अरु सार्वजनिक कार्यक्रममा भेटिँदैनन् । अनि, अर्को मिल्ने कुरा भनेको दुबैले फिल्म अवार्ड बहिष्कार गरेका छन् । 
 
गत वर्ष एक कार्यक्रममा अवार्ड लिन नजानुको कारणबारे बताउँदै खगेन्द्रले भनेका थिए, 'मैले कहिल्यै सोचेको थिइनँ कि म पनि कलाकार हुन्छु । म त लेखक बन्छु भनेर गाउँबाट काठमाडौं छिरेको हुँ । तर, जानी-नजानी कलाकार भएँ । कलाकार हुन पाउँदा म यतिधेरै खुसी छु कि मलाई अवार्डको आवश्यकता नै छैन ।' आफू कलाकार बन्न पाएकोमा खुसी भएकाले अवार्डले दिने खुसी आफ्नो लागि ठूलो नलाग्ने उनको भनाई छ । 
 
 
(खगेन्द्रकी श्रीमती रोजिना राष्ट्रप्रमुखबाट अवार्ड थाप्दै)   तश्विर : गुगल
 
तर, अवार्ड बरिष्कार गरे पनि खगेन्द्रको घरमा अवार्ड पुग्दै नपुग्ने चाहिँ होइन । मात्र उनी आफैं अवार्ड थाप्न जाँदैनन् । सधैं आफ्नो दूत बनाएर उनले धर्मपत्नीलाई पठाउने गरेका छन् । खगेन्द्रले अभिनेता वा लेखक विधामा पाएको प्रायः अवार्ड उनकी श्रीमती रोजिनाले लिँदै आएकी छन् । प्राइभेट कम्पनीले गर्ने अवार्ड मात्र होइन राष्ट्रपतिले प्रदान गर्ने राष्ट्रिय अवार्ड लिन समेत उनी श्रीमतीलाई पठाउँछन् । 
 
तीन वर्ष अगाडि फिल्म 'पशुपतिप्रसाद' बाट उत्कृष्ट लेखन विधामा उनले 'राष्ट्रिय चलचित्र पुरस्कार' जितेका थिए । तर, उनी अवार्ड लिन आफू गएनन्, श्रीमतीलाई पठाए । गएको शुक्रबार राष्ट्रपति भवनमा भएको 'राष्ट्रिय चलचित्र पुरस्कार' मा पनि उनले फिल्म 'धनपति' बाट पटकथामा अवार्ड जिते । यसपटक पनि उनको अवार्ड लिन रोजिना नै स्टेज चढिन् । श्रीमानको अवार्ड श्रीमतीले लिँदै गर्दा कार्यक्रममा खगेन्द्रको अवार्ड बहिष्कारको विषयमा केही गाइँगुईं चलेको थियो । 
 
अवार्ड बहिष्कार गर्ने, तर आफूले पाएको अवार्ड थाप्न श्रीमतीलाई पठाउने खगेन्द्रको शैलीको आलोचना हुन थालेको छ । आफूले पाएको अवार्ड श्रीमतीलाई लिन पठाएपछि अवार्ड बहिष्कार कसरी हुन्छ ? उनको बुझाईमा अवार्ड बहिष्कारको अर्थ आफूले नलिने तर श्रीमतीले लिँदा मान्य हुने त होइन ? आफ्नो फिल्म अवार्डमा सहभागिताका लागि पनि पठाउने अनि अवार्ड थाप्न श्रीमतीलाई पठाउने भए ‘मलाई अवार्ड चाहिँदैन’ नभनेको भए हुन्थ्यो कि हुनेवाला निर्देशकज्यू !
Most Visited News (monthly)